नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२७ भाद्र ।
चाडपर्व नजिकिएसँगै धादिङमा बजार अनुगमनलाई तीव्र पारिएकोे छ । चाडपर्वको समयमा बजारमा हुने कालोबजारी, म्याद नाघेका र न्यून गुणस्तरका सामान बिक्री वितरणलाई नियन्त्रण गर्न जिल्ला अनुगमन टोलिले धादिङका विभिन्न होटल, खाजा घर तथा खाद्यन्न पसलहरुमा अनुगमन सुरु गरेको हो ।
अनुगमनका क्रममा मंगलबार पृथ्वी राजमार्ग अन्तर्गत गजुरी, गल्छी, थाक्रे गाउँपालिका र धुनिबेशी नगरपालिकामा सञ्चालित होटल, खाजाघर ,खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ।
घरेलु कार्यालयका अनुसार मंगलबार ८ वटा फर्मको अनुगमन गर्दा ३ वटा फर्मलाई ४० हजार जरिवाना गरिएको र करिब १९ हजार बराबरको म्याद नाघेका, सडेगलेका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ ।
जिल्ला बजार अनुगमन टोलीले गल्छी गाउँपालिका–७ गल्छीबजारमा रहेको घिमिरे बाजेको किराना पसललाई ५ हजार, थाक्रे गाउँपालिका–२ कोईराले डाँडामा रहेको न्यु काष्ठमण्डप होटललाई ३० हजार, धुनिबेशी नगरपालिकाको चालिसे स्टाफ होटललाई ५ हजार जरिवाना तिराइएको घरेलु कार्यालयले जनाएको छ ।
जरिवाना गरिएको फर्ममा म्याद नाघेको सामान बिक्रिको लागि राखेको, मुल्य सुची स्पष्ट नभएको, बढी मुल्यमा सामान बिक्रि गरेको, यसअघिको निर्देशन पालना नगरेको तथा कागजपत्र नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलुु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र राष्ट्रिय उपभोक्ता मन्च लगायतकोे सहभागिता रहेको थियो।
धादिङमा सोमबारदेखि जिल्ला बजार अनुगमन टोलीले सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वमा बजार अनुगमन सुरु गरेको हो। सोमबार बेनीघाट रोराङ गाउँपालिका स्थित १२ वटा पसल तथा फर्महरूमा अनुगमन गर्दा ३ वटालाई जरिवाना गरिएको थियो ।
उक्त फर्महरुलाई १५ हजार जरिवाना तिराइएको र १५ हजार ३ सय रुपैयाँ बराबरको म्याद नाघेका र सडेगलेका सामाग्रीहरू जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।
फाइल तस्विर

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |