धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२२ असार ।
ज्वालामुखी गाउँपालिकाले बैदेशिक रोजगारमा जाने व्यक्तिको श्रम स्वीकृति र पुनः श्रम स्वीकृति गाउँपालिकाबाटै सुरुवात गरेको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्रद्वारा जितेन्द्र फ्यालीलाई पुनः श्रम स्वीकृति हस्तान्तरण गरि श्रम स्वीकृति गाउँपालिकाबाट सुरुवात गरेको हो।
सरकारले वैशाख १ गतेदेखि स्थानिय तह बाटै श्रम स्वीकृति दिने निर्णय गरेपनि ज्वालामुखी गाउँपालिकामा पहिलो पटक जितेन्द्र फ्यालीबाट सेवा सुरु भएको रोजगार संयोजक रमिला थापा मगरले बताउनुभयो ।स्थानिय निकायबाटै वैदेशिक रोजगारमा जानेहरुले पुनः श्रम स्वीकृतिको लागि सहयोग पाउने भएपछि क्रमश सेवाग्राही बढ्ने रोजगार संयोजक थापाको भनाई छ ।
बैदेशिक रोजगार जानुपुर्व अनिवार्य रुपमा लिनुपर्ने श्रम स्वीकृति यसअघि काठमाण्डौबाट मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।गाउँपालिकाबाटै श्रम स्वीकृति र पुन श्रम स्वीकृतिको आवेदन दिने व्यवस्था भएसँगैै अब काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ ।
अनलाइन आवेदन कार्यका लागि नेपाली नागरिकताको सक्कल, भिसाको कागजात, करार सम्झौता पत्र, सम्बन्धित व्यक्तिको बैंक खाता विवरण, स्वास्थ्य परिक्षण र अभिमुखिकरण तालिमको प्रमाणपत्र, म्यादी जीवन बिमाको कागजात, कल्याणकारी कोषमा रकम तिरेको बैंक भौचर, पासपोर्ट साइजको फोटो २ प्रती आवश्यक पर्नेछ ।
वैदेशिक रोजगारीलाई भरपर्दो, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको अनलाइन फारम गाउँपलिकाको रोजगार सेवा केन्द्रमा गएर भर्न पाइने व्यवस्था गरिएको ज्वालामुखी गाउँपालिकाले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |