धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,११ असार
अपाङ्गता भएका व्यक्तिहरुको लागि ३ दिने मौरीपालन तालिम तथा मौरी सहितको घार वितरण कार्यक्रम सम्पन्न भएको छ । धादिङ नेत्रहिन संघ धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा शनिबार देखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो ।
समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्र्तगत दश प्रकारका अपाङगता भएका व्यक्तिहरुका लागि संचालन गरिएको तालिममा नीलकण्ठ नगरपालिका भित्रको १४ वटै वडाका ३६ जना अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
३६ जना अपाङ्गता भएका व्यक्ति र उनका परिवारलाई तालिम समापनको दिन मौरी सहितको घार वितरण गरीएको छ । तालिममा मौरी पालनको विधि, मौरी चिन्ने तरिका, बजार व्यवस्थापनको बारेमा कृषि शाखा प्रमुख मनिसा तिवारीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगाना, उप प्रमुख दिपक विश्वकर्मा, निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद वाग्ले, वरिष्ठ जनस्वास्थ्य निरिक्षक विष्णु प्रसाद रिजाल, महिला विकास निरिक्षक निर्मला केसी, कृषि शाखाका मनिषा तिवारी, सरस्वती घिमीरे लगायतको आतिथ्यता रहेको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |