धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,०९ असार ।
अपाङ्गता भएका व्यक्तिहरुको लागि मौरी पालन तालिम धादिङबेशी संचालन भएको छ । धादिङ नेत्रहिन संघ धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा ३ दिने मौरी पालन तालिम संचालन भएको हो ।
समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्र्तगत दश प्रकारका अपाङगता भएका व्यक्तिहरुका लागि तालिम संचालन गरिएको हो ।
तालिममा नीलकण्ठ नगरपालिका भित्रको १४ वटै वडाका ३६ जना अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेको छ ।
अपाङगता भएका व्यक्तिहरुको आयआर्जनमा सहज पु¥याउनको मौरी पालन तालिम संचालन गरिएको नेपाल नेत्रहिन संघ धादिङका अध्यक्ष ज्ञानेन्द्र लम्सालले जानकारी दिनुभयो ।
तालिमलाई सम्बोधन गर्नुहुँदै नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले नगरपालिकाले आगामी आर्थिक वर्षहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुको लागि बजेट छु्ट्याउने बताउनुभएको छ । साथै अपाङगता भएका व्यक्तिहरुको जिविको पार्जनको निम्ति मौरी पालन तालिमलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।
तालिममा मौरी पालनको विधि, मौरी चिन्ने तरिका, बजार व्यवस्थापनको बारेमा कृषि शाखा प्रमुख मनिसा तिवारीले प्रशिक्षण दिनुभएको छ ।
मौरी पालन तालिम पश्चात तालिममा सहभागि व्यक्तिहरुलाई मौरी सहितको घार वितरण गरिनेछ ।
नेत्रहिन संघ धादिङको अध्यक्ष ज्ञानेन्द्र लम्सालको अध्यक्षतामा संचालन भएको तालिममा नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |