धादिङ,०७ असार ।
गंगाजमुना गाउँपालिकामा वडा स्तरीय बाल क्लब संजाल गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको महिला बालबालिक तथा जेष्ठ नागरीक शाखाको आयोजनामा वडा स्तरीय बाल क्लब संजाल गठन तथा अभिमुखिकरण कार्यक्रम भएको हो ।
अभिमुखिकरण कार्यक्रम पश्चात गाउँपालिकाको वडा नं १ देखि ५ सम्म ११÷११ सदस्यीय वडा स्तरीय बालक्लब संञ्जाल गठन सम्पन्न गरिएको छ। ताजिमाग्राङ, तावल, गुम्दी, सातदोबाटो र फुलखर्कमा भएको वडा स्तरीय बालभेला तथा अभिमुखिकरण कार्यक्रममा सम्बन्धित वडा भित्र रहेका हरेक बिद्यालयबाट समाबेसी आधारमा छनौट भई आएका बालबालिकाहरुको सहभागी रहेको थियोे ।
बालभेला तथा अभिमुखिकरण कार्यक्रमको बाल अधिकार अभियान्ता दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
बालमैत्री स्थानीय शासनको सूचक नं ४१. स्थानीय तहको योजना तर्जुमा पूर्व वार्षिक रूपमा वडा र गाउँपालिका तहमा बालभेला आयोजना गरी बाल भेलाले प्राथमिकता तोकेका विषयलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समावेश गरिनु पर्ने व्यवस्था अनुसार गाउँपालिकाले बालभेला तथा वडा स्तरीय बालक्लल गठन र परिचालनलाई महत्व दिएको प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले बताउनु भयो ।
गाउँपालिकाले वडा बाल भेला गरि वडास्तरीय संजाल निर्माण कार्यलाई प्राथमिकता राखिएको श्रेष्ठ बताउनु भयो । बालबालिकाको अर्थपूर्ण सहभागीता वृद्धि गर्न सहयोग पुग्नुको साथै बालबालिकालाई स्थानीय शासन र लोकतान्त्रिक पद्धतिमा सहभागी हुने अवसर प्राप्त हुने प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताउनु भयो ।
असार ११ गते सोमबार विद्यालय, वडा स्तरीय बालक्लब हुँदै छनौट भई आएका बालबालिकाहरुको सहभगीतामा पालिका स्तरीय बाल भेला तथा संजाल गठन गर्ने तयारी गरिएको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख उषा लामिछानेले जानकारी दिनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |