Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ ११, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तासको घरतासको घर
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित

धादिङमा बालविवाहको संख्या घटे पनि प्रवृति यथावत

१००९ पटक पढिएको प्रकाशित मिति: २०८० अषाढ ५, मंगलबार (१ साल अघि)
धादिङमा बालविवाहको संख्या घटे पनि प्रवृति यथावत

सिता सापकोटा ( शितल)
धादिङ,०५ असार ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी सरिता बसेल काखीमा सानी नानी च्यापेर धादिङ अस्पतालको टिकट काउन्टर लाइनमा भेटिइन् । दुइ वर्षीय छोरी जचाउन आएकी सरिताको विवाहपछिको समय प्रायः अस्पतालमै वित्ने गरेको बताउँछिन् । उनी भन्छिन्,– ‘१८ वर्षमा विवाह गरेर त्यहि वर्ष छोरी जन्माएँ । प्रसव पिडामा त्यति बेला मरेर बाँचेको मान्छे हुँ म । अहिलेपनि अस्पताल धाइरहनुपर्छ । सानै उमेरमा रोगी बनँे, अहिले आफु र छोरी बचाउन हम्य बनेको छ ।’

‘सात कक्षा पढ्दा पढ्दै सानै उमेरमा भागेर विवाह गरेँ । उमेर नपुगि छोरी जन्माउदा कसो मेरो ज्यानै गएन । २० वर्ष पारी विवाहवारी भन्ने सुनेको थिएँ, किन भन्ने कुरा आफैले भोगेपछि थाहा पाएँ ।’ उनले भनिन्,– ‘डाक्टरले आमा बचाउने कि छोरी भनेर सोध्दा होसै गुमाएँ । सानो उमेरमा विवाह गर्नु र गर्भवती हुनुको नतिजा रहेछ । भाग्यवश मेरो परिवारले म र मेरो छोरी दुवैलाई गुमान परेन ।’

सात कक्षापछि पढ्न नपाएपनि जीवन संघर्षले धेरै र ठूलो पाठ सिकाएको बताउँछिन् । पढ्न नपाएकोमा पछुतो त छदैछ । उनी भन्छिन्,– ‘सानैमा विवाह गरेर मैले मेरो जीवनमा अन्जानमा ठूलो भूल गरेँ । तपाइहरुले भुलेर पनि मैले जस्तै यो गल्ति नगर्नुहोला । हुन त हुर्कदै गरेको छोरी र श्रीमानको मायाले खुशी मिलेको छ । दुःखमा पनि रमाउने कोसिसमा छु । तर शारिरीक र मानसिक परिपक्कता नहुदा भोग्नु परेको समस्याको चाङ नै छ ।’

सानै उमेरमा विवाह गर्नेहरुको समस्या सरिताको भन्दा फरक छैन । नीलकण्ठ नगरपालिका–२ बसाहकी सुशिला रम्तेल पनि अहिले गर्भवती छिन् । प्रेम सम्बन्धमा परेपछि १६ वर्षमै विवाह गरेकी उनी सानै उमेरमा गर्भवती बन्न पुगिन् । उनी भन्छिन्,– ‘सानै उमेरमा विवाह गर्न हुन्न भन्ने थाहा नभएको होइन । तर मेरो बाध्यता पनि हो । पढ्ने पैसा जुटाउन पनि समस्या थियो । उनले पनि विवाह प्रस्ताव गर्नुभयो । कक्षा ८ मा पढ्दापढ्दै भागेर बिहे गरेँ । मेरो विवाह रहर मात्र नभएर बाध्यता पनि हो । गरिव हुनुको विडम्बना मैलै सानै उमेरमा विवाह गरेँ ।’

घरपरिवारलाई खबरै नगरी भागेर विवाह गर्दा खोजी गर्न परिवारलाई पनि सास्ति भयो । उमेर नपुग्दै गर्भवती भएकी उनलाई विवाह के हो ? परिवारको जिम्मेवारी के हुन्छ भन्ने अझै थाहा छैन । पहिलो पटक आमा बन्ने कुराले खुशी छाएको छ । तर अरुको भोगाइले मनमा डर पैदा भएको उनी बताउँछिन् । उमेर नपुगिकन आमा बन्ने कुरा भने उनलाई धेरै चुनौति छ । उनको यस्तो अवस्थामा श्रीमानको साथ पाएता पनि घरपरिवारको भने खासै साथ पाएकी छैनन् । उनी भन्छिन्,– ‘उनको श्रीमानले दिन भरी ज्याला मजदुरी गरेपछि मात्रै चुलोमा आगो बल्छ ।

आर्थिक अवस्था कमजोर भएका कारण गर्भवती हुने समय र भविष्यको उस्तै चिन्ता छ । अहिले नै रोजीरोटीमा पैठेजोरी गरिरहेका हामीलाई छोराछोरी भएपछिको झन चिन्ता छ । परिवार योजना विना नै आमा बन्न लागेकोमा झनै त्रास बढेको छ ।’

समाजमा उमेर नपुग्दै अभिभावकको मन्जुरीबिना भागेर विवाह गर्ने क्रम पछिल्लो समय बढेको छ । पहिलेपहिले अभिभावकले नै उमेर नपुग्दै छोराछोरीको विवाह गर्ने चलन थियो । अहिले यो क्रम घटे पनि किशोर उमेरमा आफू खुसी विवाह गर्ने क्रम रोक्न चुनौती रहेको छ । प्रेम सम्बन्धलाई विवाहमा बदल्नेहरुको संख्या घटेको छैन ।

सानै उमेरमा वालविवाह गरे बालवालिकाको शारीरिक, मानसिक र संवेगात्मक विकासमा अवरोध हुने स्वास्थ्य कार्यालय धादिङका बरिष्ठ स्वास्थ्य प्रशासक डा।नरेन्द्र झा बताउछन् । उनको भनाई अनुसार बालविवाह गर्ने बालिकामा प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने कार्यसँगै जीवनमा दीर्घकालीन असर पर्ने गर्दछ । बीस वर्षमुनिका गर्भवतीका तीन गुणा बढीले मातृमृत्युको जोखिममा रहने गर्दछन् ।

२०६८ को जनगणना अनुसार, देशभर १० वर्षभन्दा कम उमेरमा विवाह हुनेको संख्या एक लाख ३८ हजार १५ थियो । जसमा बालिकाको संख्या मात्रै एक लाख १५ हजार १५० अर्थात् ८३ प्रतिशत थियो । त्यस्तै, १९ वर्षमुनि विवाह हुने ६५ लाख १७ हजार २८१ मध्ये किशोरीको संख्या ६६ प्रतिशत थियो।

अहिले पनि यो अवस्थामा खासै परिवर्तन आएको छैन। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का अनुसार, अहिले पनि नेपालमा ३७ प्रतिशत बालिकाको १८ वर्षभन्दा कम उमेरमै विवाह हुने गरेको छ । दक्षिण एसियामा धेरै बालविवाह हुने मुलुकमा नेपाल तेस्रो स्थानमा छ।

कानुनले वर्जित गरेको २० वर्ष भन्दा कम उमेर समूहमा धेरै व्यक्तिहरूको विवाह हुने गरेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाइने कानुनमा व्यवस्था भए पनि धादिङ जिल्लामा त्यही उमेर भन्दा कम उमेर समूहमा विवाह गर्नेहरुको संख्या आर्थिक वर्षमा २०७७/७८ मा बालबिवाह ७ सय ४९ जनाले गरेका थिए भने २०७८/७९ मा ५ सय ७९ जनाले बालबिवाह गरेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कले देखाएको छ । यो चालु आर्थिक वर्षमा जिल्लाभर २०८९/८० मा ४ सय ५६ जनाले बालबिवाह रहेका छ । प्रदेश सरकारबाट बालविवाह नियन्त्रण लागि बजेट विनियोजन गरिएको हुन्छ । धादिङका स्थानिय तहले बजेटको सदुपयोग गरे मात्रै पनि बालविवाह न्यूनिकरण हुने देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा आज विद्युत अवरुद्ध हुने

    धादिङमा आज विद्युत अवरुद्ध हुने

  • मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

    मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

  • चिल्ड्रेनपार्क आवासीय माविमा नायक र  सहनायकको निर्वाचन :मतगणना आइतबार मात्र

    चिल्ड्रेनपार्क आवासीय माविमा नायक र सहनायकको निर्वाचन :मतगणना आइतबार मात्र

  • रुवीभ्यालीको लिन्जोमा खर्क व्यवस्थापन सम्बन्धी पाँचदिने तालिम सम्पन्न

    रुवीभ्यालीको लिन्जोमा खर्क व्यवस्थापन सम्बन्धी पाँचदिने तालिम सम्पन्न

  • समाचार
    धादिङमा आज विद्युत अवरुद्ध हुने

    धादिङमा आज विद्युत अवरुद्ध हुने

    मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

    मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

    चिल्ड्रेनपार्क आवासीय माविमा नायक र  सहनायकको निर्वाचन :मतगणना आइतबार मात्र

    चिल्ड्रेनपार्क आवासीय माविमा नायक र सहनायकको निर्वाचन :मतगणना आइतबार मात्र

    रुवीभ्यालीको लिन्जोमा खर्क व्यवस्थापन सम्बन्धी पाँचदिने तालिम सम्पन्न

    रुवीभ्यालीको लिन्जोमा खर्क व्यवस्थापन सम्बन्धी पाँचदिने तालिम सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0