नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । ‘श्रम शक्ति नै राष्ट्र शक्ति हो, श्रमको सम्मान गरौँ’ भन्ने मूल नाराका साथ काठमाडौँमा सातौँ राष्ट्रिय महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नुहुनेछ । महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौला लगायतले सम्बोधन गर्नुहुनेछ ।
महाधिवेशनमा भाग लिन देशभरबाट एक हजारभन्दा बढी केन्द्रीय महाधिवेशन प्रतिनिधि काठमाडौँ आइपुग्नुभएको छ । महाधिवेशन असार ६ गतेसम्म चल्नेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |