धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,०८ बैशाख ।
ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा २ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन भएको छ । अन्त्राष्ट्रिय धादिङ समाजको आयोजना तथा ज्वालामुखी गाउँपालिकाको संयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।
आज पहिलो दिन शिविरमा २७० जनाले सेवा लिएका छन् । निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा, महिला रोग विशेषज्ञ डा।सरिता सिटौला, दन्त रोग विशेषज्ञ डा.दिलिप प्रजापति, जनरल सर्जन डा. गरखनाथ मिश्र, जनरल फिजिसियन डा.अमरिश थापा ,प्रो.डा. सिताराम श्रेष्ठ विशेषज्ञ टोलिहरुले सेवा प्रदान गरेको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष,राजन खुकुरालले जानकारी दिनुभएको छ ।
शिविर कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम गरेको बताउनुभयो । उहाँले नागरीकाहरुलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्धेश्यले कार्यक्र गरिएको बताउनुभयो ।
अध्यक्ष दनैले आफु निर्वाचित भएको एक वर्ष नपुग्दै ढोला स्वास्थ्य चौकीमा २ पटक निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ।
अन्त्राष्ट्रिय धादिङ समाजका सचिव राजेन्द्र थपलिएको अध्यक्षतामा संचालन भएको शिविरमा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्य रहेको थियो भने गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको विशेष आतिथ्य रहेको थियो । शिविरमा वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ, स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, वडा सदस्यहरु , गाउँकार्यपालिका सदस्य लगाएको उपस्थिति रहेको थियो ।
शिविर भोलि ९ गते पनि बिहान ९ बजेदेखी अपराह्न ५ बजे सम्म सन्चालन हुने हुँदा स्वास्थ्य समस्या भएका ज्वालामुखी गाउँपालिकाका नागरिकहरुलाई सेवा लिनको लागि अन्तराष्ट्रिय धादिङ समाजले आग्रह गरेको छ। गाउँमै विभिन्न विशेषज्ञ डाक्टरले सेवा दिने शिविर भएकोले सेवा लिनको लागि गाउँपालिकाले स्वास्थ्य परिक्षण गराउन आग्रह गरेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |