धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ ।
आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५४ दशमलव ९९ र निजीवन बीमा समूहको उपसूचक ४७ दशमलव २४ अङ्कले घटेको छ । बैंकिङ समूह २३ दशमलव ८९, होटल तथा पर्यटन समूह १८ दशमलव ९१, जलविद्युत् समूह ४१ दशमलव ६८, लगानी समूह शून्य दशमलव ७४ र जीवन बीमा समूह ३६ दशमलव ७४ अङ्कले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ३५ दशमलव ७२, लघुवित्त समूह ३५ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०२ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ । आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६१ अङ्कले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको रू पाँच करोड पाँच लाख ६२ हजार बराबरको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेड प्रमोटर शेयर एक लाख ७४ हजार छ सय १० कित्ता किनबेच भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |