प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,७ फागुन ।
स्वास्थ्यकर्मीहरुको लागि आयोजिक बृहत् पोषण विशेष कार्यक्रम सम्बन्धी पहिलो व्याजको क्षमता अभिबृद्धी तालिम आईतबारबाट सकिएको छ ।धादिङको तीन स्थानीय तहको विभिन्न स्वास्थ्य केन्द्रमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई दिइएको बृहत् पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कार्यकर्ताहरुको पहिलो ब्याजको क्षमता अभिवृद्धी तालिम आईतबारबाट सकिएको हो।गल्छी, गंगाजमुना र खनियाबास गाउँपालिकाका स्वास्थ्य कर्मचारीहरुका लागि सञ्चालित पोषण सुधार सम्बन्धी ७ दिने तालिम धादिङबेसीमा आज समापन भएको हो ।
नेपाल सरकारको दिगो विकासको लक्ष्य अनुसार २०८७ सम्म पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य रहेको र त्यो लक्ष्य पूरा गर्नको लागि स्वास्थ्यकर्मीलाई ७ दिनको तालिम दिइएको गंगाजमुना गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले बताउनुभयो ।५ वर्ष मुनिका बालबालिका, सुत्केरी र गर्भवतीहरुको पोषणमा सुधार गर्न, कुपोषण व्यवस्थापन गर्न तथा ज्ञान, सीप र क्षमता विकास गर्न तालिम आयोजना गरिएको अधिकारीले बताउनुभयो ।
तीन वटा पालिकाकाको संयुक्त आयोजनामा कार्यक्रम संचालन गर्दा सहभागीहरुले आ–आफ्नो पालिकाका राम्रो अभ्यास र समस्याबीच छलफल गर्नुको साथै स्रोत साधनको उपयोगिताको प्रयत्न के रहेछ भन्ने जानकारी आदान प्रदान गर्न समेत सहज भएको गल्छी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद ज्ञवालीले बताउनुभयो । उहाँले सहभागीहरुलाई तालिममा सिकेका कुराहरु सहि तरिकारले व्यवहारमा उर्तानमा पनि आग्रह गर्नुभएको छ।तालिम समापन समारोहमा बोल्दै खनियाबास गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख आइत बहादुर तामाङले तालिम लिनुमात्रै ठूलो कुरा नभई सिकेको कुरालाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।तालिममा कुपोषण व्यवस्थापनको लागि प्राविधिक तथा परामर्श ज्ञान, सीप र क्षमता विकास सम्बन्धि विविध विषयमा छलफल गरिएको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |