नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,०१ फागुन ।
गंगाजमुना गाउँपालिकामा बाख्रा पालन तालिम तथा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ । धादिङ नेत्रहिन संघको आयोजना तथा गंगाजमुना गाउँपालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनस्र्थापना (सिबिआर) कार्यक्रम अन्तरगत अपाङगता भएका व्यक्तिहरुका लागि २ दिने बाख्रा पालन तालिम आईतबार सम्पन्न भएको हो ।
तालिममा गाउँपालिकाका भित्र रहेका ७ वटै वडाका २४ जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । अपाङ्गता भएका व्यक्तिको जीविको पार्जनमा सहयोग पु¥याउने उद्धेश्यले तालिममा सहभागी २४ जनालाई १/१ वटा बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिममा गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख निरन्जना चौधरीले बाख्रा पालन, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लाम , उपाध्यक्ष रामेश्वर सिम्खडा, वडा अध्यक्षहरु, अपाङ्गता भएका व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |