वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,२२ माघ ।
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा तीन दिने खेलकूद महोत्सव आजबाट शुरु भएको छ ।विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यालयको प्रिन्सिपल पष्टी कुमार श्रेष्ठको अध्यक्षतामा आजबाट तीन दिने खेलकूद महोत्सव शुरु भएको हो ।पहिलो दिन आज म्युजिकल चियर, मिनि म्याराथुन, चम्मा गुच्चा दौड, जिके रेस, बोतलमा पानी भर्ने प्रतियोगिता छात्र छात्रा दुवैको लागि संचालन गरीएको छ ।
त्यसैगरि छात्रहरुको भलिबल प्रतियोगिता पनि पहिलो दिन संचालन भएको छ । भलिबल प्रतियोगितामा रेड हाउसले विजय भएको छ भने ब्लु हाउस दोस्रो भएको छ । दिनभर संचालन भएको खेलमा आज रेड हाउसले १२ वटा स्वर्ण पदक जित्न सफल भएको छ भने ब्लु हाउसले ८ वडा र ग्रिन हाउसले ६ स्वर्ण पदक हात पारेको छ । तीन तहमा आयोजना गरिएको पहिलो दिनको खेलकूदमा कक्षा एक देखि तीन सम्मको पहिलो तह, ४ र ५ कक्षाको दोस्रो तह र कक्षा ५ देखी ९ कक्षासम्मका विद्यार्थीको तेस्रो तहको गरी खेल खेलाइएको छ ।
भोली(सोमबार) दोस्रो दिनको खेलकूद महोत्सवमा ५० मिटरको दौड, जिके रेस, १०० मिटर दौड, रिले रेस, डोरी तानातान गर्ने, , लेमन रेस ,फुटसल र सियोमा धागो छिराउने प्रतियोगिता रहेको विद्यालयका खेलकूद व्यवस्थापन समितिका सदस्य केशव श्रेष्ठले जानकारी दिनुभयो । तीन दिने खेलकूद महोत्सवको विद्यालयको व्यवस्थापन समितिका सदस्य शशी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।