धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,७ माघ ।
धादिङ जिल्लामा बसोबास गर्ने गोदार थापाहरुको भेला शनिवार सम्पन्न भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ७ जुँगेखोलामा सम्पन्न भएको भेलाले कृष्ण गोदार थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरीएको छ । नवगठित समितिको महिला उपाध्यक्षमा कमला गोदार थापा,उपाध्यक्षमा शंकर गोदार थापा, सचिवमा रामकुमार गोदार थापा निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुम हरि बहादुर गोदार थापा,नवराज गोदार थापा,अमृत गोदार थापा,बेद बहादुर गोदार थापा,लक्ष्मण गोदार थापा,रविन्द्र गोदार थापा,सोम गोदार थापा र अस्मिना थापा चयन हुनुभएको छ।
अमर बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको भेलामा गोदार थापा सेवा समाजका केन्द्रिय अध्यक्ष कुवेर सिंह गोदार थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष बीर बहादुर गोदार थापा,केन्द्रिय सचिव राजाराम गोदार थापा,केन्द्रिय कोषाध्यक्ष किशोर गोदार थापा,केन्द्रिय सदस्य राजकुमार गोदार थापा लगायतको आतिथ्यता रहेको थियो ।
गोदार थापा समाजले अब नेपालको सबै जिल्लाहरुमा जिल्ला भेला गरि समिति गठन गर्ने, आफ्नो बंशजहरुको खोजतलास गर्ने, संरक्षण गर्ने, आफ्नो रितिरिवाज परम्परागत रुपमा संचालन गर्ने, कसैलाई पनि भेदभाव नगर्ने एजेण्डाहरु अघि सार्ने निर्णय समेत गरेको छ । जिल्ला भित्र रहेको ४ सय भन्दा बढी गोदार थापाहरुलाई एकत्रित गरी समेट्ने समेत भेलाले निर्णय गरेको छ । बंशजको बारेमा जानकारी दिने,आफ्नो धर्मको रक्षा गर्ने,बंशावली प्रकाशन गर्ने र ईतिहासको रक्षा गरी गोदार थापालाई केहि समस्या पर्दा सहयोग गर्ने उदेश्यले गोदार थापा सेवा समाज गठन गरीएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |