Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

नगरबापालिकाबाट प्रवाह हुने सेवालाई सरल र सहज बनाउन मेयर ढुंगानाको निर्देशन

२२३९ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (३ साल अघि)
नगरबापालिकाबाट प्रवाह हुने सेवालाई सरल र सहज बनाउन मेयर ढुंगानाको निर्देशन

धादिङ,२६ पुस ।
नीलकण्ठ नगरपालिकाबाट प्रवाह हुने सेवालाई सरल र सहज बनाउनको लागि नगरपालिका संघका अध्यक्ष तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाले कर्मचारीलाई निर्देशन दिनुभएको छ । नीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०७८७९ को वार्षिक समिक्षा तथा स्थानीय तह संस्थागत स्वमुल्यांकन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो ।नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षमा नगरपालिकाबाट सम्पन्न भएका कामहरुका बारेमा समिक्षा गरिएको थियो । विषयगत शाखाहरुबाट कार्यक्रम तथा योजनाहरु सञ्चालन एवं सम्पन्न गर्दा आइपरेका चुनौती र आगामी दिनमा तिनका समाधानका उपायहरुको बारेमा कार्यक्रममा सहभागीहरुले आफ्नो धारणा राखेका थिए । नीलकण्ठ नगरपालिकाले विभिन्न विधामा देशभरमा नै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको सन्दर्भमा आगामी दिनमा सेवा प्रवाहलाई कसरी सरल र सहज बनाउन सकिन्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।

त्यस्तै स्थानीय तह संस्थागत स्वमुल्यांकन (लिजा) सम्बन्धमा नयाँ निर्वाचित जनप्रतिनिधिहरुलाई सामान्य अभिमुखीकरण समेत गरिएको थियो । अभिमुखीकरण सत्रलाई सहजीकरण गर्दै नगरपालिकाका सल्लाहकार दीपक कोइरालाले लिजा भनेको के हो, लिजाको मुल्यांकन कसरी र कुन कुन सुचकका आधारमा गरिन्छ भन्ने बारेमा जानकारी गराउनु भएको थियो । सोही सत्रमा उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई पाँच समुहमा विभाजन गरि लिजाका विभिन्न प्रश्नावलीहरुमा उल्लेख भएका प्रमाणहरु बमोजिम स्वमुल्यांकनको नमुना अभ्यास समेत गरिएको थियो ।

अभ्यास पछि कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भीम प्रसाद ढुंगानाले आर्थिक वर्ष २०७७।७८ मा नीलकण्ठ नगरपालिकाले ९७ अंक प्राप्त गरि लिजामा देशभरमै उत्कृष्ट भएकाले आगामी दिनमा पनि सोही अनुसार अंक प्राप्त गर्न आवश्यक प्रमाण तथा कागजात उपलब्ध गराउन सम्पूर्ण विषयगत शाखाहरुलाई निर्देशन दिनु भएको थियो । साथै अघिल्ला वर्षहरुमा स्वमुल्यांकनका क्रमा देखिएका समस्या तथा अंक दाबी गर्न नसकेका सुचकहरुमा हाल दाबी गर्न मिल्ने प्रमाण भए सोका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिनु भएको थियो । नगर उप–प्रमुख दीपक विश्वकर्माले पनि नगरपालिकाको सफलतामा जस तथा असफलतामा अपजस सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीमा जाने भएकाले आ–आफ्नो तहबाट सकेको सहयोग तथा सहजीकरण गर्न आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा नीलकण्ठ नगर प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण कार्य सम्पन्न भएको छ । प्रतिष्ठानका नवनियुक्त अध्यक्ष बद्रीप्रसाद दाहाल, उपाध्यक्ष डा. गणेश धमला, कोषाध्यक्ष रिता थापा मगर, सदस्य विनोदमान श्रेष्ठ र सदस्य सचिव प्रकाश पौडेलले पद तथा गोपनियताको सपथ लिनुभएको थियो । अध्यक्ष दाहाललाई नगर प्रमुख ढुंगानाले र अन्यलाई अध्यक्ष दाहालले सपथ खुवाउनु भएको थियो ।

सपथ ग्रहण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ढुंगानाले स्थानीय तहहरु मध्ये नीलकण्ठ नगरपालिकाले प्रज्ञा प्रतिष्ठानको स्थापना गरि कला साहित्यको क्षेत्रमा नमुना कार्यको थालनी गरेको बताउनु भयो । उहाँले आगामी दिनहरुमा प्रतिष्ठानले अन्य स्थानीय तहहरुले समेत अनुसरण गर्न मिल्ने गरि काम गर्नेमा विश्वाश व्यक्त गर्नु भयो । ३ वर्षको पदावधि रहने प्रतिष्ठानका लागि चालु आर्थिक वर्षमा नगरपालिकाबाट दश लाख रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0