Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

स्ववियु निर्वाचन : विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा

नीलकण्ठ एफ.एम २५७२ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २४, आईतबार (३ साल अघि)
स्ववियु निर्वाचन : विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा

काठमाडौँ, २४ पुस
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन् । विद्यार्थी सङ्गठन निर्वाचन केन्द्रीत छलफलमा जुटेका छन् ।

यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दै आफूहरु पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो । “विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दछाँै”, उहाँले भन्नुभयो, “अब हाम्रो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा पूर्ण रुपमा लाग्छ ।”

उहाँले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार स्थापित गराउने बताउनुभयो । उहाँले त्रिविले स्ववियु कार्यतालिका प्रकाशन गर्नुभन्दा अगाडि सबै विद्यार्थी सङ्गठनसँग छलफल गर्नुपर्ने बताउनुभयो ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनको मिति तोक्नु स्वागतयोग्य कार्य रहेको बताउनुभयो । उहाँले मिति तोकिएसँगै आफ्नो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा जुटेको बताउनुभयो । “विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तोक्नु खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “अब हामी स्ववियु निर्वाचनको वातावरण बनाउन लाग्छौँ ।” उहाँले निर्वाचनले विद्यार्थी आन्दोलनलाई लोकतान्त्रिक बाटोमा डो¥याउनेसमेत बताउनुभयो ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्णय हुनु स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले कक्षा भर्ना प्रक्रिया र नजिता प्रकाशन सबै कुरालाई व्यवस्थित गरेर निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

अनेरास्ववियुका महासचिव समिक बडालले त्रिविले स्ववियु निर्वाचनको मिति तोकेसँगै आफ्नो सङ्गठन तयारीमा जुटेको बताउनुभयो । उहाँले केन्द्रीय पदाधिकारीको बैठक बसी स्ववियु निर्वाचनमा होमिने निर्णय गरेको बताउनुभयो । “नेतृत्व निर्माण गर्ने रुपमा रहेको स्ववियु निर्वाचन गर्ने निर्णयले हामी उत्साही भएका छौँ”, उहाँले भन्नुभयो, “हामी अब हाम्रो आन्तरिक बैठक गरेर निर्वाचनमा होमिन्छौँ ।”

यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुनसकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुनसकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन ।

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0