प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१९ पुस ।
धादिङको थाक्रे गाउँपालिकाको महादेववेशीमा दिवा शिशु स्याहार केन्द्रको सुरुवात गरीएको छ । श्रमिकका बालबालिकाहरुको पोषण लगायत शिक्षामा पहँुच पुर्याउन उदेश्यले शिशु स्याहार केन्द्रको सुरुवात गरीएको हो । सृष्टि फाउन्डेसन नेपालको आयोजना तथा थाक्रे गाउँपालिकाको सहकार्यमा घरेलु तथा आग्रा/महेश खोलामा आश्रित श्रमिकहरुको बालबालिकाहरुको लागि दिवा शिशु स्याहार केन्द्रको औपचारिक सुरुवात गरिएको हो।
शिशु स्याहार केन्द्रमा २ जना कर्मचारी सहित दिन दुई पटक पोषण युक्त खानेकुरा, खेलकुद, मनोरंजन सहित स्याहार सुसारको व्यवस्था गरिएको सृष्टि फाउन्डेसन नेपालका अध्यक्ष अम्बिका रुपाखेतीले बताउनुभयो । शिशु स्याहार केन्द्रलाई जिल्ला भरि विस्तार गर्ने सृष्टि फाउन्डेसन अध्यक्ष रुपाखेतीको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले विद्यालय उमेर पुगेका ३ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई पढ्ने वानी बसाल्न र आमालाई उद्दयमशिल बनाउने उद्देश्यले शिशु स्याहार केन्द्र सुरु गरिएको बताउनुभयो । कार्यक्रममा थाक्रे गाउँपालिका गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी), प्रमुख प्रशासकीय अधिकृत सबिन सिंह चौधरी लगायतको आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |