प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,०४ पौष ।
धादिङका बिभिन्न स्थानबाट लागू औषध गाँजासहित चार जना पक्राउ परेका छन् । थाक्रे गाउँपालिका–५ स्थित दामेचौर देखी महादेववेशी जाने कच्ची सडकबाट ९३ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा थाक्रे गाउँपालिका–४ का २१ वर्षीय ईमान तामाङ र ६० वर्षीय काले तामाङ रहेका छन् । ईमान तामाङले चलाई ल्याएको ग १ त ६१६१ नं को ट्याक्टरमा चेकचाँज गर्दा ९३ केजी अवैध लागूऔषध गाँजाको सुकेको बोट फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै, शुक्रबार बिहान धुनिबेशी नगरपालिका–७ नौबिसेबाट ६ किलो ५ सय ग्राम गाँजा सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१५ बस्ने २६ वर्षीय सन्तोष महर्जन र सोही ठाउँका २१ बर्षिय सर्जन देउला रहेका छन् । प्रदेश नं ३ ०३–०३ प ११८ नम्बरको स्कुटरमा उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा सेतो रङको बोरा भित्र लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |