नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,२९ मंसिर ।
डेङ्गु संक्रमणका कारण देशभर रगतको अभाव छ । देशभर भइरहेको रगत अभावलाइ मध्य नजर गर्दै धादिङ महोत्सव मुल आयोजक समितिले आठौ धादिङ महोत्सव अवधिभर रक्तदान तथा रक्त समुह परीक्षण कार्यक्रम गर्ने भएको छ ।
महोत्सव स्थलमा मान्छेहरुको भीडभाड रहने र रक्तदान गर्ने मान्छेहरु धेरै रहने भएकाले रगतको अभावलाइ मध्य नजर गर्दै महोत्सव अवधि भर नै रक्तदान कार्यक्रम राखिएको धादिङ उद्योग बाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम संगै निशुल्क रक्त समुह परीक्षण तथा सुगर र प्रेसरको पनि परीक्षण गरिने सिंखडाले जानकारी दिनुभयो । ‘महोत्सव अवलोकन गर्नेहरुलाइ लक्षित गरेर सुगर प्रेसर परीक्षण कार्यक्रम पनि हुन्छ ।’ सिंखडाले भने, ‘कतिपय ब्यक्तिहरुको रक्त समुह थाहा पाएकै हुन्न, त्यसैलाइ मध्यनजर गरेर महोत्सव अवलोकन कर्ताहरु जसलाइ आफ्नो रक्त समुह थाहा छैन, उसको रक्त समुहपनी छुट्याउने ब्यवस्था मिलाएका छौँ ।’
परीक्षणको कार्यक्रमलाइ ब्यवस्थित बनाउन स्वास्थ्य परीक्षण स्टल नै राख्ने तयारी गरेको सिंखडाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको समन्वय गर्ने र महोत्सव मुलआयोजक समितिले रक्त समुह परीक्षण, रक्तदान तथा सुगर प्रेसर परीक्षणको कार्यक्रमको ब्यवस्थापन गर्ने तय भएको मुलआयोजक समितिका संयोजक एवं धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु बहादुर थपलियाले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |