धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ । धादिङमा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय धादिङ र स्थानिय तहका स्वास्थ्य शाखाहरुले सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान गरेको छन् ।
सोमबार जिल्ला स्वास्थ्य कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले सयुक्त रुपमा स्वयंसेविकाहरुलाई सम्मान गरेका हुन् ।साविकको नीलकण्ठ गाविसमा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरुलाई विभिन्न मापदण्डको आधारमा छनोट गरि पहिलो दोस्रो र तेस्रो स्वयंसेविकाहरुलाई सम्मान गरेको थियो । कार्यक्रमकै अवसरमा एम्बुलेन्स अंकल नामले परिचित नारायण कुमार श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । स्वास्थ्थ कार्यालय धादिङका कार्यालय प्रमुख सागर प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सभापती नारायण प्रसाद तिमल्सिना, नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिष्णु रिजाल लगाएतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेत्रावती डवजोङ गाउपालिकामा पनि दिवसकै अवसरमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । गाउपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको थियो । त्यसैगरी १८ दिने सुत्केरी महिला स्वास्थ्य स्वयसेविका मंगली तामाङलाई घरमा नै पुगी नेत्रावती डवजोङ गाउपालिकाका वडा न नम्बर ३ का अध्यक्ष शुरेश वाईवा तामाङ र स्वास्थ्य शाखाका कर्मचारीहरुले सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
त्यसैगरी सिद्धलेक गाउपालिकामा पनि सात वटै वडाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई नगद सहित छाता र झोला प्रदान गरिएको छ ।
सिद्धलेक गाउपालिकामा आयोजित कार्यक्रममा गाउपालिकाका अध्यक्ष परशुराम खतिवडा र उपाध्यक्ष सविता अर्याल लगाएतको उपस्थिति रहेको थियो ।
त्यसैगरी ज्वालामुखी गाउपालिकामा वडा न ५ का वडा अध्यक्ष टंक प्रसाद काप्रीको अध्यक्षता तथा कार्यपालिका सदस्य इन्द्रकुमारी राना मगरको प्रमुख आतिथ्यतामा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी त्रिपुरासुन्दरी गाउपालिकामा पनि सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान गरिएको थियो । गाउपालिकाका अध्यक्ष राजु उप्रेती,प्रमुख प्रशासकिय अधिकृत इन्द्र प्रसाद खतिवडा लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।






निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |