धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
धादिङ, ७ असोज : नीलकण्ठ नगरपालिकाले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चबापत आर्थिक सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ ।
बुधबार नगरप्रमुख भीमप्रसाद ढुङ्गानासहितको टोलीले नीलकण्ठ नगरपालिका–९ का सुवेदी परिवार र वडा नं ४ जुरेथुमका ललित सारु मगरका परिवारलाई भेटेर समवेदना व्यक्त गर्दै सहयोग रकम हस्तान्तरण गरेको हो ।
नगरपालिकाका विपद् शाखा प्रमुख अर्जुनकुमार श्रेष्ठका अनुसार हालसम्म ३० जना शोकसन्तप्त परिवारका घरमै पुगेर प्रतिमृतक रु ४० हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको छ ।
नगरपालिकाले बाढीमा अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणासमेत गरिसकेको छ ।
ती बालबालिका हाल अध्ययनरत निजी तथा सामुदायिक विद्यालयमै निःशुल्क पढ्न पाउने व्यवस्था मिलाइएको नगरप्रमुख ढुङ्गानाले बताउनुभयो ।

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।