धादिङ,१६ मंसिर
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङको आयोजनामा लैङ्गिक हिंसा न्युनीकरण गर्ने वडा स्तरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत थाक्रे गाउँपालिकाको वडा नम्बर १,११,६ र ७ वडामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङको आयोजना सस्थागत विकास सञ्जालको साझेदारी एबं ब्रोट फर दि वल्र्डको आर्थिक सहयोगमा सञ्चालित बिकासका लागि साझेदारी परियोजना अन्र्तगत थाक्रे गाऊँ पालिका वडा नः २,११,६ र ७ वडा स्तरिय साथै पालिका स्तरमा सरोकारवाला संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिगत बर्षझै सस्थाले नियमित रुपमा सस्थाले बिभिन्न सवालमा आधारीत अभियान सञ्चालन गर्दै आएकोमा यस वर्षको नारा सभ्य समाजको पहिचानका लागि कुन कुन क्षेत्रमा कस्तो भुमिका निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा नागरीक सचेतना केन्द्रका सदस्यहरुको बिचमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरीएको रुपाखेतीले बताउनुभयो ।
कार्यक्रमको अवसरमा वडा स्तरिय नागरीक सचेतना केन्द्र साथै पालिका स्तरिय नागरीक सचेतना सञ्जालको समेत पुर्णता दिईएको छ । १ सय ५ जनाको सक्रिय सहभागीता रहेको कार्यक्रममा संम्बन्धित वडाका सहकारी , बिद्यालय प्रतिनिधि, महिला सञ्जाल , बिभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागीता रहको कार्यक्रमवाट वाडा स्तरिय नागरीक सचेतना समुह गठन गरिएको थियो ।
अभियान अन्तरगत पालिका स्तरिय सचेतना सञ्जालको गठन गरिएको छ। सञ्जाल संयोजकमा बिष्णु प्रसाद पौडेल , सह संयोजक नर्मदा अर्याल र सचिवमा हरि रिजाल रहनु भएको छ ।यसैगरी वडा स्तरीय सचेतना सञ्जालको गठन समेत गरीएको छ ।उक्त अन्र्तक्रियामा १ सय ५ जना सहभागीले बिभिन्न सवालहरुमा आफ्ना बिचार राख्नु भएको थियो । सहभागीहरुले स्थानिय तथा प्रदेश र संघवाट संबोधन गर्नु पर्ने सवालहरुको सुची तयार गरी सम्पन्न कार्यक्रमको सहजिकरण सिड्स का कार्याकारी निर्देशक गोकर्ण रुपाखेतीले गर्नु भएको थियो ।
यसै गरी अभियान अन्र्तगत थाक्रे पालिका स्तरिय युवा परिषदको संयोजन र सिड्स धादिङको आयोजनामा २०७९ मंशिर १७ गते पालिका स्तरिय खुल्ला हाजिरीजवाफ प्रतियोगीताको आयोजना गर्ने निर्णय भएको छ ।यसै गरी २०७९ मंशिर १७ र १८ गते मानवअधिकार महाभेला ( १४ औं मानव अधिकार राष्ट्रिय महाभेला २०७९ यही डिसेम्बर ८ देखी १४ सम्म विभिन्न कार्यक्रम अन्र्तगतको कार्यक्रमलाई समेत स्थानियकरण गर्न सस्थाले नागरीक सचेतना केन्द्र पालिका स्तरिय सञ्जालको संयोजनमा नेतृत्व विकास, पैरबी, सामुदायिक शान्ति र सचेतना केन्द्र सञ्जालको जिम्मेवारी र भुमिकाको बिषयमा तालिम आयोजना गरिएको थियो । अभियान अन्र्तगत डिसेम्वर १० को दिन रोडियो संबाद चलाउने योजना रहेको युवा शान्ति सहजकर्ता नानु कार्कीले जानकारी दिनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |