Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ १, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदानसिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो

३०१ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १५, बिहिबार (२ साल अघि)
घरजग्गाको कारोबार ओरोलो लाग्दा राजस्व सङ्कलन घट्यो

काठमाडौँ, १५ मङ्सिर ।
घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव बढ्दै जाँदा घरजग्गामा लगानी कम भएकाले कारोबार घटेको हो । जसकारण यसबाट सङ्कलन हुने राजस्व पनि घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ साल कात्तिकमा देशभरका मालपोत कार्यालयबाट रु पाँच अर्ब ४९ करोड ५१ लाख ८३ लाख १८ बराबर राजस्व सङ्कलन भएको थियो । तर चालु यस वर्षको कात्तिकमा रु तीन अर्ब ७६ लाख २५ हजार नौ सय १६ बराबर मात्रै राजस्व सङ्कलन भएको छ । विसं २०७७ कात्तिकमा  तीन अर्ब छ करोड २५ लाख ६३ हजार सात सय २७ बराबरको कारोबार भएको थियो ।

विभागका अनुसार गत असोजमा रु दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ राजस्व सङ्कलन भएको छ । जबकी २०७८ साल असोजमा रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ राजस्व सङ्कलन भएको थियो भने २०७७ साल असोजमा रु पाँच अर्ब २७ करोड २० लाख ५३ हजार आठ सय तीन राजश्व सङ्कलन भएको थियो ।

विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा रु तीन अर्ब ५६ करोड २९ लाख तीन हजार नौ सय एक बराबरको राजस्व सङ्कलन भएको छ भने साउनमा देशभरका मालपोल कार्यालयबाट रु दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजार ५७ राजस्व सङ्कलन भएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत् घरजग्गामा जाने कर्जालाई अनुत्पादको श्रेणीमा राखेको छ । मौद्रिक नीतिमा काठमाडौँ उपत्यकाभित्र मूल्याङ्कनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत मात्रै कर्जा दिन पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाका कारण पनि घरजग्गामा जाने कर्जामा कमी आएको हो ।

सरकारले गत जेठमा सरकारले जारी गरेको ‘भूउपयोग नियमावली, २०७९’मा जग्गा वर्गीकरण नगरी बिक्री वितरणमा रोक लगाएपछि घरजग्गाको कारोबारमा कमी आएको हो । नियमावलीमा काठमाडौँ उपत्यकामा पाँच सय वर्गमिटर र तराई र भित्री मधेशमा छ सय ७५ वर्गमिटरभन्दा कम जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था छ ।

कृषि क्षेत्रका रुपमा तोकिएको जग्गामा वर्गीकरण वा कित्ताकाट गर्न कडाई गरिएका कारण कारोबारमा मन्दी आएको देखिन्छ । जग्गा वर्गीकरण नहुँदा मालपोत र नापी कार्यालयमा पनि सेवाग्राहीको चाप कम परेको छ । सरकारले जग्गाको लिखत रजिस्ट्रेशन पारित भएको १०० वर्ष पुगेको अवसरमा ै भूउपयोग नियमावली सार्वजनिक गरेको थियो ।

भूमि प्रशासनसम्बन्धी सेवामा सुशासन अभिवृद्धि गर्दै भूमिको नाप जाँच तथा तथ्याङ्कलाई थप गुणस्तरीय र विश्वसनीय बनाउने, जग्गाको लगत र पुराना ऐतिहासिक अभिलेखको सुरक्षा तथा व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

सहर तथा सहरोन्मुख क्षेत्रका अधिकांश जग्गा घर तथा आवास क्षेत्रका रुपमा मात्रै प्रयोग भएको पाइएपछि सरकारले भूउपयोग नियमावलीमार्फत् नियमन गर्न खोजेको थियो । नेपालमा पहिलो पटक विसं १९७९ वैशाख १ गते घर जग्गा कारोबारको लिखत रजिस्ट्रेशन पारित भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

  • समाचार
    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    बीमा गरेकाहरुलाई छुट्टै फार्मेसीबाट औषधी वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0