नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौं । ओलिभर जिरुडको दुई गोल मद्दतमा साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकपमा मंगलबार राति अष्ट्रेलियालाई ४-१ गोलले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।
फ्रान्सका एड्रिएन र्याविओट र किलिएन एमबाप्पेले एक-एक गोल गरे । मुख्य खेलाडी चोटका कारण विश्वकपबाट बाहिरिएपछि घाइते बाघ जस्तो बनेको फ्रान्सले पहिलो खेलमै सुखद् नतिजासहित उपाधि रक्षा अभियान बलियो गरी थालेको छ ।
सन् २०१८ मा विश्वकप जित्दाका सदस्य पउल पोग्बा र एनगोलो कान्टो विश्वकपअघि नै घाइते हुँदै बाहिरिएका थिए भने फरवार्ड करिम बेन्जेमा विश्वकप टिममा समावेश भएपछि घाइते हुँदै बाहिरिएका थिए । यस्तै प्रेसनेल किमबेम्पे र क्रिस्टोफर एनकुन्नु पनि टिममा समावेश भएपछि बाहिरिएका थिए ।
तर मैदानमा भने यी खेलाडी बिनै फ्रान्स चम्कियो ।पोग्बा र कान्टे जस्ता खेलाडी नहुँदा एड्रिएन र्याविओट र औरेलियन चुवामेनीले फ्रान्सको मिडफिल्ड सम्हालेका थिए । डिडियर सेसच्याम्पसले चार फरवार्ड किलिएन एमबाप्पे, ओलिभर जिरुड, एन्टोनी ग्रिजमन र उसमान डेम्बेलेलाई पहिलो रोजाइमा खेलाएका थिए ।
अल जानोब स्टेडियममा खेलको नवौं मिनेटमै क्रेग गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर फ्रान्स चाँडै खेलमा फर्कियो । २७ औं मिनेटमा थियो हर्नान्डेजको पसामा राविओटल् फ्रान्सका लागि बराबरी गोल फर्काए ।
३२ औं मिनेटमा जिरुडले राविओटकै पासमा गोल गरेपछि फ्रान्सले २-१ को अग्रता बनायो । दोस्रो हाफमा फ्रान्सले दुई गोल थप्यो । ६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता ३-१ बनाए । ७१औं मिनेटमा जिरुडले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे । यस गोलपछि जिरुडले फ्रकान्सका लागि सर्वाधिक ५१ गोल गर्ने थियरी हेनरीको कीर्तिमान पनि बराबरी गरेका छन् ।
जिरुडले हेनरी भन्दा ८ खेल कम खेल्दै उक्त उपलब्धि हासिल गरेका हुन् । सन् २०११ मा डेब्यु गरेका जिरुडले फ्रान्सका लागि ११५ खेल खेलेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |