काठमाडौं : रेडियो कार्यक्रम प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ ।
मंगलबार बिहान चितवनको माडीबाट काठमाडौं आउने क्रममा विश्वकर्मा चढेको माइक्रोबस दुर्घटना हुँदा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान साढे ५ बजेतिर उनी सवार रहेको बा४ ख ४१२ नम्बरको माइक्रोबसले सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । विश्वकर्मा रेडियो थाहा सञ्चारमा चर्चित कार्यक्रम ‘बहकिने मन’ सञ्चालन गर्दथे ।
उनी आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पनि हुन भने सो पार्टीको जात व्यवस्था उन्मुलन मोर्चाको सचिव समेत रहेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |