वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
काठमाडौँ,०२ मंसिर।
नेपालले युएईविरुद्धको तीन एक दिवसीय सिरिजको उपाधि जितेको छ । शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो । सोमबारबाट सुरु भएको सिरिजमा पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन ६ विकेटको जित निकालेको थियो ।
शुक्रबार टियु क्रिकेट मैदानमा भएको तेस्रो खेलमा युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखले अर्धशतकिय पारी खेले । मल्लले ७३ बलमा ७ चौका र ३ छक्काको मद्धतमा ६४ रनको योगदान गरे । शेखले नटआउट रहँदै ११९ बलमा १२ चौकाको मद्धतमा ८८ रन बनाए । अर्का ओपनर अर्जुन साउद ९ रनमै आउट भए ।
कप्तान रोहित पौडेल १० रनमा रनआउट भए । हरिशङ्कर शाह शून्य रनमै अविजित रहे भने दिपेन्द्र सिंह ऐरी पहिलाे बलमै रन आउट भए । युएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । युएईका लागि हजरत बिलाल र आयान अफजल खानले उत्कृष्ट साझेदारी गरे । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।
बिलालले २० रन बनाउँदा खानले ५४ रनको योगदान गरे । ओपनर मोहम्मद वसीमले ११ रन बनाउँदा वृत्य अरविन्द शून्यमै आउट भए । सीपी रिजवानले ४, रोहन मुस्तफाले २४, अलिशान शराफुले ३३, बासिल हमिदले ८, विष्णु सुकुमारनले २ रन बनाए । अहमद रजा र जहुर खान शून्यमै आउट भए । नेपालका बलरहरुले उत्कृष्ट बलिङ गरे । गुलसन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिएका छन् । ललित राजवंशी र सोमपाल कामीको नाममा एक/एक विकेट रह्यो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |