धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२५ कात्तिक
नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले २६ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । नीलकण्ठ नगरपालिका वडा नं ३ शान्तिटार स्थित नमुना बौद्धिक अपाङ्ग आधारभुत विशेष विद्यालयमा पुगेर विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका हुन् ।
नीलकण्ठ बहुमुखी क्याम्पस धादिङको अंग्रेजी तथा समाजशास्त्र विभागको आयोजनामा भएको बौद्धिक अपाङ्ग विद्यालयका विद्यार्थीहरुलाइ सहायता तथा अन्र्तक्रिया कार्यक्रममा न्यानो कपडा वितरण गरिएको हो ।
बौद्धिक अपाङ्गता भएका २६ जना विद्यार्थीहरुलाई चिसोबाट बच्नका लागि सहायता स्वरुप न्यानो कपडा प्रदान गरिएको विद्यार्थी प्रतिमा अर्यालले जानकारी दिनुभयो । समाजशास्त्र र सामाजिक कार्य अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न सामाजिक समस्याहरु संग साक्षात्कार गराउदै समाजसेवामा लाग्न प्रेरित गराउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
२०७४ सालमा स्थापना भएको विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्याथीहरुलाई आवास सहित पठनपाठन गराईदै आएको विद्यालयका प्रधानाध्यापक शर्मिला अधिकारीले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |