धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,२२ कात्तिक ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा आज सम्पन्न भएको शिविरमा एक सय ८३ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरीएको छ।स्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्र्तगत गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गरिएको हो।
आजबाट सुरु गरीएको शिविर गाउँपालिकाको ५ वटै वडामा संचालन गरिने नेत्रावती गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।नेत्रावती डबजोङ गाउँपालिका वडा नं.१ नेमारचोक आधारभूत विद्यालयमा भएको शिविरमा १ सय २१ जना र सोही वडाको मंगलादेवी माविमा ६२ जनाको स्वास्थ्य परिक्षण गरीएको छ ।
शिविरमा नाक, कान, घाँटी, महिला सम्बन्धी समस्या ,गर्भवती परिक्षण , भिडियो एक्सरे र हाडजोर्नी सम्बन्धी सामान्य स्वास्थ्य जाँच गरिनुका साथै औषधी वितरण गरिएको पालिकाका प्रवत्ता ठाकुर गुरुङले जानकारी दिनुभयो ।शिविरमा पशु स्वास्थ्य शिविर,पशु विमा,जेष्ठ नागरिक परिचयपत्र वितरण र गरिब घर परिचयपत्र वितरण समेत गरीएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |