काठमाडौं । डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज न्यू सिएमसी पुर्याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा डेंगुका कारण अधिकारीको निधन भएकोमा महासंघ स्तब्ध भएको उल्लेख गरेका छन् । अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जावान युवा पत्रकार गुमाएको उनको भनाइ छ । महासचिव पुरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |