नीलकण्ठ एफ.एम.
0:00
Live on 98.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक १७, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
  • रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
  • पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
  • नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
  • जनसेवक बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा विष्णु रिजाल चयन जनसेवक बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा विष्णु रिजाल चयन
  • न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग
मनोरन्जन
ताजा समाचार

‘नालापानी’ फिल्मलाई कर छुट गराउन पहल

नीलकण्ठ एफ.एम
  • २०७९ आश्विन २८, शुक्रबार
  • ४ साल अघि
  • ६ मिनेट पढाइ
  • ५४११ पटक पढिएको
‘नालापानी’ फिल्मलाई कर छुट गराउन पहल

काठमाडौँ,२८ असोज ।
नालापानीको इतिहासमा फिल्म निर्माण भएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल –अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गर्नुभएका वीर बलभद्र कुँवरको लडाइँमा आधारित रहेर निर्माण गरिएको ‘नालापानी’ लाई कर छुट गराउन पहल सुरू भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसँग भेट गर्दै कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गर्नुभएको छ ।

“ हाम्रो आग्रहमा सचिव ज्यूले अर्थ मन्त्रालयमा कर छुटको अनुरोधसहित पत्राचार गर्नुभएको छ । बोर्डले विशेष चलचित्र घोषणा गरी सम्मान गरिसकेकोले यो कर छुट योग्य छ,” बोर्ड अध्यक्ष केसीले भन्नुभयो । उहाँले हलमा देखाइने विज्ञापन लगायतका अन्य विषयमा सहजीकरणका लागि पहल गर्नुभएको छ ।

फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले बोर्डले गरेको पहलले ऊर्जा मिलेको बताउनुभयो । “यो फिल्म मात्र नभइ नेपाली वीरताको इतिहास हो । यस्ता विषयवस्तुलाई फिल्म बनाउँदा अन्य देशमा राज्यले सेवा सुविधा दिने गरेका छन् । यहाँ पहल भएको छ । म जस्तै अन्य लगानी गर्न इच्छुक निर्मातालाई यसले अगाडि बढ्न सहयोग गर्छ,” उहाँले भन्नुभयो ।

सञ्चार मन्त्रालयमा सचिव, उपसचिव, सहसचिव र चलचित्र विकास बोर्डका अध्यक्षसहितको बैठकमा प्रवद्र्धन, स्थानीय सहितका विभिन्न कर छुटको सन्दर्भमा छलफल भएको निर्देशक अधिकारीले जानकारी दिनुभयो । नालापानी गढीमा अङ्ग्रेज सैनिकविरुद्ध नेपाली फौजले लडेको साहसिक लडाइँलाई अहिलेको पुस्तालाई देखाउन र बुझाउन फिल्म निर्माण गरेको निर्देशक अधिकारी बताउनुहुन्छ ।

“सीमित प्रविधि, बजारले गर्दा हाम्रो मेकिङमा असर गर्छ । यद्यपि हामीले सक्दो मेहनत गरेका छौँ,” उहाँले भन्नुभयो । उहाँले झण्डै नौ वर्ष लगाएर फिल्म तयार गर्नुभएको हो । लेखन तथा अनुसन्धानमा निर्देशक अधिकारीलाई कृष्ण आचार्यले सहयोग गर्नुभएको छ । प्रा डा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविद् प्रा डा धनराज कुँवर, प्रा डा त्रिरत्न मानन्धर, प्रा दिनेशराज पन्त, प्रा डा सुरेन्द्र केसी, पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातसँग छलफल गरेर नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ मा आधारित रहेर ‘नालापानी’ तयार पारिएको निर्देशक अधिकारीले बताउनुभयो ।

देशभक्त खनाल, अर्जुनजङ शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, सारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजङ कार्की, सिमन खड्का, सुशील खड्का, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकार एन्ड्रोइन डङ्कन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतले अभिनय गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरन्जन सम्बन्धित थप
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द मुख्य समाचार

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

११ घण्टा अघि
शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग मुख्य समाचार

शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग

११ घण्टा अघि
एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु मुख्य समाचार

एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु

१ दिन अघि
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु मुख्य समाचार

प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु

१ दिन अघि
पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने मुख्य समाचार

पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

१ दिन अघि
बेनीघाट रोराङमा मङ्सिर १० देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै मुख्य समाचार

बेनीघाट रोराङमा मङ्सिर १० देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

२ दिन अघि
नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न मुख्य समाचार

नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न

२ दिन अघि
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय मुख्य समाचार

पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय

२ दिन अघि
सामुदायिक साना किसान सहकारी नलाङको १९औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न मुख्य समाचार

सामुदायिक साना किसान सहकारी नलाङको १९औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न

२ दिन अघि
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन मुख्य समाचार

पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन

३ दिन अघि
स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन मुख्य समाचार

स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

३ दिन अघि
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन मुख्य समाचार

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

३ दिन अघि
समाचार
पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द

शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग

शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग

एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु

एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु

प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु

प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0