धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१० असोज।
धादिङमा दसैँ, तिहारलाई लक्षित गर्दै प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाका ६ स्थानमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको हो।
नजिकिदै गरेको नेपालीहरुको महानचाड बडादशै‚ दिपावली तथा छठ पर्वमा हुने यात्रुको चाप,सवारी साधन चाप बढ्दै जाने बसपार्क, बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीले निलकण्ठ नगरपालिका–३ स्थित पुछारबजार‚ वेनिघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार, गजुरी गाउँपालिका–१ स्थित गजुरी वजार, गल्छी गाउँपालिका–७ स्थित गल्छिचोक, थाक्रे गाउँपालिका– ६ स्थित महादेववेशी र धुनिवेसी नगरपालिका–८ स्थित खानिखोलामा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको छ।
सम्पर्कको लागी
निलकण्ठ न.पाؘ–३ पुछारबजार‚सम्पर्क नं.१००, ९८५१२९६९०९
वेनिघाट रोराङ गा.पा–९ मझिमटार‚सम्पर्क नं. ९८५२६९००७३
गजुरी गा.पा–१ गजुरी वजार‚सम्पर्क नं. ९८४१३९१३९८
गल्छी गा.पा–७ गल्छिचोक‚सम्पर्क नं. ९८४१८८९०५१
थाक्रे गा.पा–६ महादेववेशी‚सम्पर्क नं. ९८५८७९०१४३
धुनिवेसी न.पा–८ खानिखोला‚सम्पर्क नं. ९८५१२८५३८०
तस्विरःजिल्ला प्रहरी कार्यालय धादिङ



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |