काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।
‘राष्ट्रिय गानका रचयिता प्रदिपकुमार रार्य (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक पच्चीस हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |