प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौँ,०९ असोज ।
राष्ट्रिय सूचना अयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचन सम्पन्न भएपश्चात कानुन बमोजिम उम्मेदवारले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने व्यवस्था गर्ने जनाएको छ ।
आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयन पत्र तथा संलग्न कागजात सर्वसाधारण मतदाताले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्ने निर्णय गरिएको जनाएको हो । नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुने व्यवस्था गरिएको छ ।
“आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम् जानकारी पाउने वातावरण बनाउन आवश्यकताका आधारमा निर्वाचन आयोगमा सुझाव पठाउने निर्णय गरिएको छ”, सूचना आयुक्त कमला वलीले भन्नुभयो ।
त्यसैगरी आयोगले सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (२८, सेप्टेम्बर) विभिन्न कार्यक्रम गरी मनाउने भएको पनि जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |