धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौँ,०५ असोज ।
एक वर्षको अवधिमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्यामप्रसाद भण्डारीले ३२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/०७९ मा मात्रै १६ हजार २ सय ३८ उजुरी परेको जानकारी दिनुभयो ।
अघिल्लो आर्थिक वर्ष ०७७/०७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित अख्तियारमा अहिले २४ हजार ३ सय ३१ भ्रष्टाचारसम्बन्धी उजुरी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये आयोगको केन्द्रीय कार्यालय टङ्गालमा १२ हजार ३ सय र मातहतका कार्यालयहरूमा १२ हजार ३१ उजुरी रहेका छन् ।
गत आर्थिक वर्षमा ०७८/७९ मा दर्ता उजुरीमध्ये सबभन्दा बढी २७ दशमलव ७ प्रतिशत अर्थात् ४ हजार ४ सय ९५ लिखित निवेदन, हुलाक सेवाबाट १७ प्रतिशत अर्थात् २ हजार ७ सय ६०, इमेलबाट २ हजार ७ सय ५७ अर्थात् १७ प्रतिशत उजुरी परेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वेबसाइट, टेलिफोन, समाचारपत्र, मोबाइल एप, फेसबुकलगायत स्रोतबाट पनि उजुरी आएको आयोगले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |