धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,०३ असोज ।
आठौं संविधान दिवसका अवसरमा धादिङ कारागारका १४ जना कैदीको कैद सजाय मिनाहा गरिएको छ। सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका कारागारमा रहेका ६ सय ८१ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गर्दा धादिङका १४ जना बन्दीको कैद र सजाय मिनाहा गरिएको छ।
विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गरिरहेका ११ जना पुरुष र तीन जना महिला गरी १४ जनाको कैद मिनाहा भएको जिल्ला कारागार धादिङका प्रमुख नइन्द्र पौडेलले जानकारी दिनुभयो । सजाय माफी पाउनेहरुमा सबैभन्दा धेरै बहुविवाहका ७ जना, कर्तव्य ज्यान मुद्धाका ५ जना, सवारी ज्यान मुद्धाका ३ जना र बैदेशिक रोजगार कसुरका १ जना रहेको कारागार प्रमुख पौडेलले बताउनुभयो ।
जसमा बहुविवाहका रोशन रुवाली, सुरेश श्रेष्ठ, लक्ष्मी मगर, भक्तबहादुर गुरुङ, सरिता राइ, सन्तोष कुमार रेग्मी र पार्वती रेग्मी रहेकी छिन ।
त्यस्तै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगका रामशरण चेपाङ, बुद्धिराम चेपाङ, राजकुमार परियार, सुरेश लामा र दिनेश लामा रहेका छन् भने सवारी अंगभंग,सवारी ज्यानमा लक्ष्मण श्रेष्ठ र वैदेशिक रोजगार कसुरका हरी बहादुर गुरुङ रहेको कारागार धादिङले जनाएको छ। धादिङ कारागारमा हाल ३ सय ८ कैदी रहेका छन् । जसमा २८६ जना पुरुष, २२ जना महिला र १ जना आश्रित बच्चा रहेको कारागार धादिङले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति भण्डारीले संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूका आधारमा कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका देशभरको कारागारमा रहेका ६८१ कैदीहरूको तोकिएको कैद मिनाहा भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |