धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
काठमाडौँ,०२ असोज ।
बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो ।
नेपाल र बङ्गलादेशबीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार तेस्रो हार बेहोरेको नेपाल बङ्गलादेशविरुद्धको खेलमा पहिलो जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।
नेपाल पहिलो खेलमा भूटानसँग २–० गोअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल कतारसँग ३–१ तथा तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो । हारसँगै नेपालको एशियन कप खेल्ने सपना समाप्त भइसकेको छ ।
विभिन्न पाँच राष्ट्र सहभागी समूह ‘बी’ मा नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । त्यस्तै बङ्गलादेश भने दोस्रो जीतको खोजीमा छ । बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । बङ्गलादेशले भूटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।
यसैगरी भूटानले चार खेलमा तीन अङ्क जोडेको छ । यस समूहबाट आयोजक बहराइन र कतारमध्ये एक टोली समूह विजेता बन्दै सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एशियन कपमा स्थान बनाउनेछ । जारी छनोट खेलमा आयोजक बहराइनको सात अङ्क रहेको छ भने कतारको नौ अङ्क छ । करार र बहराइनबीचको खेल पनि आजै हुनेछ । उक्त खेल राति ११ः४५ बजे हुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |