Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

पाँच महिनामा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, ९६ करोड क्षति

नीलकण्ठ एफ.एम ८६६ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २, आईतबार (३ साल अघि)
पाँच महिनामा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, ९६ करोड क्षति

काठमाडौँ,०२ असोज ।

पछिल्लो पाँच महिनामा विपद्का घटनामा परी देशभर २०३ जनाको मृत्यु भएको छ । सोही अवधिमा विपद्का घटनाले ९६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा उक्त जनधनको क्षति भएको हो ।

सो अवधिमा रेकर्डमा आएका १ हजार ७०९ वटा विपद्का घटनामा परी २०३ जनाको मृत्यु, १७ जना बेपत्ता र ४८८ जना घाइते भएका छन् । यस वर्ष विपद्का घटनाबाट २ हजार १८५ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी घटना आगलागीका 

प्राधिकरणका अनुसार बितेको पाँच महिनामा विपद्मध्ये सबैभन्दा बढी आगलागीका घटना रेकर्ड भएका छन् ।

उक्त अवधिमा ८३३ वटा आगालगीका घटना भएका थिए । यस्तै पहिरोका २२८, बाढीका ३७, डुंगा दुर्घटना ३, चट्याङ्का २ सय, सर्पदंश २१, भारीवर्षाका १०६, हुरी बतासका ९५, भूकम्पका ५, जनावर आक्रमणका १२८ र वन डढेंलोका ५३ घटना यस वर्ष रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।

चट्याङबाट सबैभन्दा बढीको मृत्यु 

यसवर्ष विपद्का घटनामध्ये सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । हालसम्म चट्याङ लागेर ६६ जनाको मृत्यु भइसकेको छ ।प्राधिकरणका अनुसार यसवर्ष पहिरोमा परी ५० जना, बाढीमा परी १३, डुंगा दुर्घटनामा १, सर्पको टोकाइबाट १७ र आगलागीका घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

यस्तै भारी वर्षाका कारण ५, हुरी बतासका कारण ९, जनावरको आक्रमणका परी २० र वन डढेंलोमा परी १ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ । यस वर्ष पहिरोमा परी ५ जना, बाढीमा परी ११ र डुंगा दुर्घटनामा १ जना गरी कुल १७ जना बेपत्ता भएका छन् ।

आगलागीका घटनाबाट सबैभन्दा बढी आर्थिक क्षति 

पछिल्लो पाँच महिनामा विपद्का घटनाबाट ९६ करोड १४ लाख १७ हजार ४३५ रुपैयाँ बराबरको आर्थिक क्षति राज्यले व्यहोरेको छ । सो अवधिमा सबैभन्दा बढी क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाबाट बितेको पाँच महिनामा ८१ करोड ३८ लाख १७ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

प्राधिकरणका अनुसार उक्त समयमा पहिरोले ६ करोड ७९ लाख ५१ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३३ लाख ३२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ५ लाख ७० हजार १७५ रुपैयाँ, हुरी बतासबाट २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पबाट ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३८ लाख ७७ हजार ६ सय रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बारबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्षको तुलनामा कम क्षति 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाले कम जनधनको क्षति गरेको छ । अघिल्लो वर्ष अर्थात २०७८ वैशाख १ गतेदेखि भदौ मसान्तसम्मको पाँच महिनाको अवधिमा देशभर १ हजार ७९६ वटा विपद्का घटना रेकर्ड भएका थिए ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार ती घटनामा गत वर्ष २४८ जनाको मृत्यु, ४३ जना बेपत्ता र ४८८ जना घाइत भएका थिए । सो अवधिमा २ हजार ४०२ परिवार विपद्का घटनाबाट प्रभावित भएका थिए । गत वर्षको पहिलो पाँच महिनामा विपद्का घटनाबाट १ अर्ब १ करोड ८ लाख ८८ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

  • धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

  • नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0