धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०१ असोज ।
धादिङकोनेत्रावती डवजोङ गाउँपालिका वडा न ४ स्थित दमैछाप र खजुरीस्वाराका स्थानियलाई स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको छ । शनिबार गाउँपालिका र आईसिडिसी धादिङको सयुक्त आयोजनामा वडा न ४ स्थित दमैछाप र खजुरीस्वाराका ७७ घरधुरीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको हो । वितरण गरिएको सामाग्रीहरुमा फोहोर राख्ने डस्विन, शौचालयमा राख्ने हर्पिस, सावुन, फिनेल, ब्रस र प्रति घर १ झुल रहेको छ ।
कार्यक्रमकै अवसर पारेर नेत्रावती डवजोङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल र आईसिडिसिका राजन दुवाडीले ब्यक्तिगत सरसफाई, चर्पीको प्रयोग, र डेङगु रोकथामको लागी गर्नुपर्ने उपायहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष तिल बहादुर गुरुङ, आईसिडिसिका संस्थापक सदस्य बलराम लम्साल लगाएतको उपस्थिति रहेको थियो ।
गाउपालिका र आईसिडिसिको सयुंक्त पहलमा यस आर्थिक बर्षमा उक्त क्षेत्रमा एक घर एक शौचालय समेत निर्माण गर्न लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एवम सुचना अधिकारी पौडेलले बताउनुभयो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |