Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

नीलकण्ठ एफ.एम ११७५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २८, मंगलबार (३ साल अघि)
सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नपाल (जसपा) र राष्ट्रिय जनमार्चाका पाँच दलीय गठबन्धन रहकाे छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँट आन्तरिक छलफलमा रहेको छ ।

हाल सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण बहुसंख्यक पालिकामा पराजय व्यहोरेको एमाले साना दलसँग गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभामा बलियो उपस्थिति देखाउन खोजेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैं गठबन्धन निर्माणका लागि आन्तरिक छलफलमा छन् ।

स्रोतका अनुसार ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । निर्णाय छलफल एवं सिटबाँडफाँटका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई वार्ता एवं छलफल गर्न जिम्मेवारी दिएको छ । उता, लोसपाले सर्वेन्द्रनाथ शुक्ललाई वार्ताका लागि जिम्मेवारी दिएको छ । राप्रपा अध्यक्ष लिङदेनसँग ओली आफैं छलफल गरिरहेका छन् । उनीहरू दुवै झापाका हुन् ।

यसअघि, २०७४ को निर्वाचनमा समेत ओली र लिङ्देनबीच एकअर्कालाई सहयोग दिने सहमति भएको थियो । लासपाले यसअघि पाँच दलीय गठबन्धनमा सहभागी हुने प्रयास गरेको थियो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोसपालाई पाँच दलीय गठबन्धनमा सहभागी गराउन प्रयास गरे पनि’ उनी असफल बने ।

देउवा, ठाकुर, महतोबीच पटकपटक प्रधानमन्त्री निवास बालुवाटारमा विगतमा छलफल भएको थियो । तर, पाँच दलीय गठबन्धनमा लोसपा सहभागी हुन सक्ने वातावरण नबनेपछि लोसपा अन्ततः एमालेसँग तालमेल गर्ने निष्कर्षमा पुगेको हो । लोसपा नेता शुक्लले एमालेसँग चुनावी तालमेलको लागि छलफल भएको स्वीकार गरेका छन् । लोसपा शीर्षनेताको आन्तरिक छलफलमा ठाकुरले एमालेसँग तालमेलको लागि छलफल भएको जानकारी गराएका छन् ।

एमालेसँग चुनावी तालमेल गर्ने निष्कर्षमा पुगेको लोसपाले २० सिट दाबी गरेको छ । लासपा विजयी भएका मधेसका सिटका साथै केही सिट पहाडी क्षेत्रमा समेत पाउनुपर्ने दाबी गर्दै सोहीअनुसार एमालेका उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आवश्यकताअनुसार चुनावी तालमेल हुन सक्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममा समेत पोखरेलले ‘अन्य दलसँग चुनावी तालमेल हुने’ बताउँदै आएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चुनावी तालमेल, छलफल भइरहेको बताउँदै ‘अहिले कुनै निष्कर्षमा पुगिनसकेको’ उल्लेख गरे । लोसपा, राप्रपासँग छलफल भए पनि अहिलेम्म कुनै किसिमको टुंगो लाग्न नसकेको बताउँदै उनले ‘छलफल जारी नैरहेको’ सुनाए । लासपा सुरुमा पाँच दलीय गठबन्धनमा सहभागी हुने खोजे पनि ‘वातावरण नबने’पछि एमालेसँग छलफलमा आएको हो ।

राप्रपासँग अध्यक्ष ओली आफैं छलफल गर्दै आएका छन् । त्रिपाठी र थापासँग समेत छलफल गर्दै चुनावी तालमेल रणनीतिमा एमाले छ । २०७४ को निर्वाचनमा त्रिपाठीसँग एमालेले सहमति गरेको थियो । त्रिपाठी एमाले सूर्य चिह्नबाट निर्वाचन लडेर विजयी भएका थिए । मधेसमा लोसपा र प्रदेश १ मा राप्रपाको संगठन बलियो रहेको र उनीहरूसँग तालमेल गरेर केही सिटमा सहयोग गर्ने र केहीमा सहयोग लिएर पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर विजयी हुन सक्ने निष्कर्ष एमालेको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

    पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

  • धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

  • समाचार
    पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

    पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0