प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,२७ भाद्र।
खनियाबास गाउपालिकाले गाउपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई क्षमता बृद्धि तालिम दिएको छ । आज धादिङबेशी स्थित आर.के होटलमा एक कार्यक्रम बिच उक्त तालिमको उद्घाटन गरिएको हो ।
गाउपालिकाका अध्यक्ष रण बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आतिथ्यता तथा कोलेनिका धादिङका प्रमुख कोष नियन्त्रक पुरुषोत्तम शर्माको बिशेष आतिथ्यता रहेको थियो ।
भोली सम्म संचालन हुने उक्त तालिममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले स्थानिय सरकार र सुशासन सम्बन्धी अभिमुखिकरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख कोष नियन्त्रक पुरुषोत्तम शर्माले सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आर्थिक ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण गर्नु भएको हो ।
त्यसै गरी कार्यक्रममा सह प्राध्यापक मिलन श्रेष्ठले स्थानिय सरकार संचालन सम्बन्धि सेसन संचालन गर्नु भएको थियो । गाउपालिका बाट प्रवाह गरिने सेवालाई चुस्त दुरुस्त बनाई सेवामा थप प्रभावकारी बनाउन सहयोग पुगोस भनेर यस किसिमको तालिमको आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण नेपालीले बताएका छन ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |