धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,२७ भाद्र ।
रोटरी क्लव अफ धादिङ र शिक्षा विकास तथा समन्वय इकाई धादिङको आर्थिक सहयोगमा निमार्ण गरिएको ईजारा आ.विको भवन हस्तान्तरण गरिएको छ ।
सोमबार एक कार्यक्रमका बिच नीलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ र रोटरी क्लव अफ धादिङको अध्यक्ष रोटरीयन रोहित भण्डारीले नीलकण्ठ–३ मा रहेको ईजारा आधारभूत विद्यालयका प्रधानाध्यापक अम्बिका अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो।
क्लवका अध्यक्ष भण्डारीको सभापतित्वमा संचालन भएको भवन हस्तान्तरण कार्यक्रमा नीलकण्ठ–३ का वडाध्यक्ष श्रेष्ठको प्रमुख आतिथ् रहेको थियो । कार्यक्रममा रोटरी क्लव अफ धादिङको संस्थापक अध्यक्ष धुव्र बहादुर थापा, पूर्व– अध्यक्षहरु कृष्णलाल उप्रेती, भिमबहादुर श्रेष्ठ तथा रोटरीयनहरु, ईजरा आधारभूत विद्यालयका पूर्व–अध्यक्षहरु, शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको सभागिता रहेको थियो ।
“स्वार्थ भन्दा माथि सेवा” भन्ने मूल आर्दश बोकेको रोटरी क्लवले जिल्लामा विद्यालय भवन निर्माण,अस्पताल तथा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरण सहयोग लगाएत बिभिन्न सामाजिक कार्यमा क्रियाशिल रहदै आएको छ ।
तस्विर:भिम श्रेष्ठ

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |