धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२६ भाद्र ।
नेपाल उत्पीडित जातिय मुक्ति समाज धादिङको अध्यक्षमा जित बहादुर नेपाली चयन हुनुभएको छ । जातिय भेदभाव तथा छुवाछुतको अन्त्य गर्न राष्ट्रिय निति निर्माण गरौ, समानुपातिक समावेशीपूर्ण प्रतिनिधिको सवैंधानिक अग्राधिकार सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ शनिबार धादिङबेशीमा सम्पन्न भएको ऐतिहासिक चौथो जिल्ला अधिवेशनले अध्यक्षमा नीलकण्ठका जित बहादुर नेपालीको अध्यक्ष्यतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा गल्छीका राम बहादुर कालिकोटे(वि.क), धुनीबेशीका सिता परियार, सचिवमा ज्वालामुखीका कृष्ण बहादुर नेपाली, उपसचिवमा खनियाबासकी प्रमिला सुनार, नेत्रावती डवजोङकी शर्मिला वि.क र कोषाध्यक्षमा सिद्धलेककी जुना सार्की चयन हुनुभएको छ ।
मुक्ती समाजका केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य दिल बहादुर रम्तेलको अध्यक्ष्यतामा भएको कार्यक्रममा मुक्ती समाजका केन्द्रिय उपाध्यक्ष, बागमती प्रदेश सांसद मैना अछामीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अवसरमा मुक्ति समाज धादिङमा स्थापना देखि हाल सम्म क्रियाशील रहनुभएका १३ जना दलित अगुवाहरुलाई सम्मान गरिएको थियो ।साथै लोकगायक रुपक परियार, अमृत खाती, लगायतका कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |