प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
काठमाडौँ,१९ भाद्र ।
नेकपा एमालेबाट मुख्यमन्त्री भएका कोही संघीय संसदमा आउने तयारीमा छन् भने कोही कहीँकतै उम्मेदवारका लागि सिफारिसमै परेनन् । बागमन्ती प्रदेशको मुख्यमन्त्री बनेका डोरमणि पौडेल यसपटक कतैबाट पनि चुनाव नउठ्ने देखिएको छ । बागमतीकै मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रका लागि सिफारिसमा परेकी छैनन् ।
यसैगरी प्रदेश १ को मुख्यमन्त्री बनेका शेरधन राई र भीम आचार्य पनि चुनावमा उठ्ने नउठ्ने केही टुंगो नलाग्दा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेल संघीय संसदमा आउने तयारीमा छन् ।
एमाले महासचिवसमेत रहेका उनी दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । दाङ– २ नम्बर क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यमा पोखरेलको एकल नाम सिफारिस गरेको हो ।
यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका एमालेकै उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशमै रहने तयारी गरेका छन् । उनको नाममा लमजुङ प्रदेश ‘ख’ का लागि सिफारिस भएको छ । यसअघि पनि गुरुङ सोही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |