रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेको हो ।
मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी दिए । सुदनिया र जगिया एउटै परिवारका हुन् ।
चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी छिन् । यसैबीच गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवालले घटनास्थल पुगेर पीडित परिवारलार्ई सहयोग गर्ने आश्वासन दिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले जानकारी दिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |