कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
काठमाडौँ,१६ साउन ।
हाँस्य टेलिभिजन कार्यक्रम कमेडी हबमा शिवलाई मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन्। आइतबार साँझ सार्वजनिक १०औं भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएपछि उनले साेमबार माफी मागेका हुन् ।
क्लिपमा शिवको चरित्रलाई उच्छृंखल देखाइएको भक्तजनको आरोप थियो । चाैतर्फी विरोध र आलोचना भएपछि सामाजिक सञ्जाल र युट्युबबाट समेत क्लिप हटाइएको छ।
माग्ने बुढाले माफी माग्दै फेसबुकमा लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्शबमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।’

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |