ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
काठमाडौँ,१६ साउन ।
हाँस्य टेलिभिजन कार्यक्रम कमेडी हबमा शिवलाई मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन्। आइतबार साँझ सार्वजनिक १०औं भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएपछि उनले साेमबार माफी मागेका हुन् ।
क्लिपमा शिवको चरित्रलाई उच्छृंखल देखाइएको भक्तजनको आरोप थियो । चाैतर्फी विरोध र आलोचना भएपछि सामाजिक सञ्जाल र युट्युबबाट समेत क्लिप हटाइएको छ।
माग्ने बुढाले माफी माग्दै फेसबुकमा लेखेका छन्, ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव माहादेवलाई लिएर बनाइएको बिषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्यूहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्शबमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।’
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |