ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
काठमाडौँ,१५ साउन ।
शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को अस्ट्रेलियामा प्रिमियर गरिएको छ । फिल्मको नेपाल रिलिजअघि विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक शोभित बस्नेतले गरेका छन् । फिल्मलाई अस्ट्रेलिया शोबाट सुखद प्रतिक्रिया मिलेको छ ।
फिल्म रिलिजका लागि शोभित केही समयअघि अस्ट्रेलिया उडेका थिए । फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । फिल्मको अझै तीन सहरमा समेत शो गरिनेछ । नेपालमा भने फिल्म चाँडै रिलिज हुनेछ ।
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता विजयगोपाल दली र निर्माता मिथुन भोटे रहेका छन् ।
फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा छन् । पिःल्ममा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय रहेको छ । यही फिल्मबाट एलिना गुरुङले नेपाली फिल्ममा डेव्यु गरेकी छिन् ।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन रहको छ । ‘बद्री बहादुर’मा विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन, मुख्य सहायक निर्देशक रामजी राउत रहेको कमेडी जनराको फिल्म ‘बद्री बहादुर’को छायांकन काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |