सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न
काठमाण्डौ,०३ साउन।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन अनुरोध गरेको छ । सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो ।
खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गर्नुभयो । ’कतिपयको बुझाइ खोप लगाएपछि पनि कोरोना सङ्क्रमण हुने रहेछ किन खोप लगाउनु पर्याे भन्ने रहेको छ’ अधिकारीले भन्नुभयो – ’खोपले सङ्क्रमण रोक्ने होइन । जटिल अवस्था हुनबाट र ज्यान जाने जोखिमबाट रोक्ने हो ।’
कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना नै एक मात्र उपाय भएको डाक्टर अधिकारीले बताउनुभयो । खोप लगाइसकेका र खोप लगाउन बाँकी रहेकाहरुले स्वास्थ्यको मापदण्ड पालना गरे सङ्क्रमण फैलिन नपाउने उहाँको भनाइ छ ।
घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुन वा स्यानिटाइजर लगाए सङ्क्रमणबाट बच्न सकिन्छ । कोरोनाका कारण पछिल्लो साढे २ महिनामा हिजो र अस्ति एक÷एक जनाको ज्यान गएको छ । ज्यान गुमाएका दुवै जनाले खोप नलगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |