नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
काठमाण्डौ,०१ साउन।
नेपाली सेनाले ४३ वर्षदेखि आफ्ना हेलिकप्टर र जहाज भाडामा लगाउँदा लागेको भाडा उठान सकेको छैन ।
प्रत्येक वर्ष यस्तो रकम थपिदै जाँदा सेनाले हेलिकप्टर तथा जहाज चार्टर गरे वापत उठाउन बाँकी रकम अहिले १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०३४/३५ देखि २०७७/७८ सम्म सेनाले उठाउन बाँकी चार्टर भाडा १ करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको उल्लेख गरिएकाे छ ।
‘विवरणअनुसार ८ निकायबाट आर्थिक वर्ष २०७७/७८ को चार्टर भाडा ७१ लाख १९ हजार र २०३४/३५ देखि २०७६/७७ सम्मको १ करोड १८ लाख ३५ हजार रुपैयाँ समेत १ करोड ८९ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ । बक्यौता रकम समितिको कार्यविधिअनुसार असुल गर्नुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।
नेपाली सेनामा रहेको सैनिक विमान चार्टर उडान समितिले सैनिक विमान भाडामा दिने काम गर्छ । समिति मातहतमा रहेका १७ जहाजमध्ये एउटा मर्मतको लागि भूमिस्थ रहेको र ६ वटा सेवा दिन नसक्ने अवस्थामा छन् ।
आर्थिक वर्ष २०७७/७८ मा सेनाको १० वटा जहाजले २४१ घण्टा उडान गरेको थियो । सेनाले हवाइ साधनबाट आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ३३ लाख ६९ हजार आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा यो रकम १६ करोड ४४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |