Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

विदेशस्थित नेपाली नियोग र कर्मचारीको घरभाडा धान्नै नसक्ने गरी बढ्यो

५०८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३०, बिहिबार (३ साल अघि)
विदेशस्थित नेपाली नियोग र कर्मचारीको घरभाडा धान्नै नसक्ने गरी बढ्यो

काठमाडौं,३० असार ।

विदेशस्थित नेपाली नियोग र त्यहाँ कार्यरत कर्मचारीको घरभाडा धान्नै नसक्ने गरी बढेको छ । सरकारले आफ्नै जग्गा र भवन खरिद गर्न वर्षेनी करोडौं रुपैयाँ बजेट विनियोजन गर्दै आएपनि नियोगहरु भने जग्गा र भवन खरिदमा ध्यान दिएका छैनन् । बरु नियोगहरु बर्षेनी बढ्ने भाडाकै घरमा बस्न रमाउँदै आएका छन् ।

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ मा नेपालका ४० वटा नियोग र त्यहाँ कार्यरत कर्मचारीले घरभाडामा मात्र ९० करोड ६० लाख रुपैयाँ खर्च गरेको देखाइएको छ । हाल नेपालको विदेशमा ३० वटा दूतावास, ७ वटा महाबाणिज्यदूतावास र ३ वटा स्थायी नियोग रहेका छन् ।

विदेश स्थित नेपाली नियोग र त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले घरभाडा वापत रकम उपलब्ध गराउँदै आएको छ । तर उक्त रकम उपलब्ध गराउने मापदण्डमा भने एकरुपता छैन ।

‘कर्मचारी आवासको लागि लिएको घरमा उपलब्ध गराएको सुविधा र भाडा रकमसम्बन्धी मापदण्डमा विविधता देखिएकोले मन्त्रालयले स्पष्ट मापदण्डसहितको नीति बनाई कार्यान्वयन गर्न सार्वजनिक लेखा समितिले २०६९ वैशाख ५ मा निर्देशन दिएकोमा हालसम्म कार्यान्वयन नभएकोले २०७७ मंसिर १४ गतेको निर्णयले तत्काल स्पष्ट मापदण्ड बनाई लागू गर्न पुनः निर्देशन दिए तापनि कार्यान्वयन भएको देखिएन । समितिबाट भएको निर्देशनको पालना हुनुपर्दछ,’ महालेखाले प्रतिवेदनमा भनेको छ ।

विदेशस्थित ४० नियोगमध्ये ९ दूतावास कार्यालय र ११ राजदूत निवासमात्र नेपाल सरकारको आफ्नो स्वामित्वमा वा लिजमा रहेको छ । बाँकीले भवन भाडामा लिई कार्य सञ्चालन गर्दै आएका छन् । नियोगहरुको लागि भवन खरिद तथा निर्माण गर्दै जाने सरकारको नीति भएपनि यो नीतिलाई कार्यान्वयन गर्न सम्बन्धीत देशमा रहेका नेपाली नियोगले सकेका छैनन्, जसले गर्दा घरभाडाका नाममा वर्षेनी ठूलो रकम खर्च हुने गरेको छ ।

सरकारले वर्षेनी करोडौं रुपैयाँ घर खरिद गर्न छुट्याउँछ तर नियोगहरुले घर खरिद गर्ने प्रक्रिया अघि बढाउन सकेका छैनन् । घर खरिद गरेपछि कर्मचारीले घरभाडा रकम नपाउने हुँदा उनीहरुले घर खरिदमा उदासिनता देखाउँदै आएका हुन् ।  पछिल्लो समय साउदी अरबको रियादस्थित नेपाली दूतावासले ५२ करोड ७७ लाख रुपैयाँमा जग्गा खरिद गरेको थियो ।

भवन निर्माणका लागि जग्गा खरिद गरिएका स्थानमा पनि भवन निर्माण गर्न नसक्दा ती जग्गा प्रयोगविहिन भएका छन् । जग्गा किनीसकेको स्थानमा समेत सम्बन्धीत नियोगहरुले भवन निर्माणमा चासो दिएका छैनन् । ‘गैरआवासीय भवन निर्माण गर्नका लागि विगतमा क्यानबेरा, क्वालालम्पुर, कोलम्बो, इस्लामावाद र बेइजिङसमेत पाँच स्थानमा खरिद गरिएका जग्गा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका छन्,’ प्रतिवेदनमा महालेखाले भनेको छ ।

परराष्ट्र मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा वार्षिक कार्य योजनाअनुसार बेइजिङ र क्यानबेरामा दूतावास भवन निर्माण प्रारम्भ गर्न सुरुमा ७० करोड बजेट व्यवस्थापन गरेको थियो । पछि उक्त रकम रकमान्तर गरी क्यान्बेराको लागि १० लाख रुपैयाँ पठाइयो । तर यो रकम तीनवटै दूतावासले खर्च गर्न भने सकेनन् ।

‘उल्लिखित पाँच नियोगको घर भाडाको लागि यो वर्ष (२०७७/७८) मात्र १० करोड १५ लाख रुपैयाँ खर्च भएको छ । मन्त्रालयले आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण गरी घर भाडा खर्चमा न्यूनता ल्याउनुपर्दछ,’ महालेखाले भनेको छ ।

अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासले ६ हजार १९८ वर्गमिटर जग्गा ९९ वर्षको लागि १२ लाख अष्ट्रेलियन डलरमा लिजमा खरिद गरेको थियो । जग्गा खरिदको लागि २१ मार्च २०१८ मा गरेको सम्झौतामा लिजमा लिएको सो जग्गामा १८ महिनाभित्र भवन निर्माण कार्य सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

‘अष्ट्रेलियन क्यापिटल अथोरिटीले ५ मे २०२२ सम्म पुनः भवन निर्माणको कार्य सुरु गर्न स्वीकृति दिएकोमा जग्गा खरिद गरेको ५० महिना व्यतीत भइसकेकोमा भवनको ड्रइङ डिजाइन मात्र तयार भएको छ । तर निर्माण कार्यको लागि खरिद प्रक्रिया अगाडि बढेको छैन,’ महालेखाले प्रतिवेदनमा औंल्याएको छ ।

जर्मनी एकीकरणअघि पश्चिम जर्मनीको बोनमा रहेको नेपाली दूतावास सन् २००० मा बर्लिन सरेको थियो । त्यसपछि बोनमा नेपाल सरकारको स्वामित्वमा रहेको दुई वटा घर र त्यसले चर्चेको २ हजार ८४६ वर्गमिटर जग्गासमेत प्रयोगविहीन अवस्थामा रहेको छ ।

बोनमा रहेको भवन र जग्गा प्रयोगविहीन रहेपनि आर्थिक वर्ष २०७७/७८ मा पालोपहरा, विद्युत र पानी महसुलबापत ८ हजार ६२६ युरो नेपालले खर्च व्यहोर्नु परेको छ । ‘प्रयोगविहीन घरजग्गामा प्रत्येक वर्ष खर्च भइरहेकोले २१ वर्षमा उक्त (बोन) घरजग्गामा १ करोड ८६ लाखभन्दा बढी खर्च भइसकेको छ,’ महालेखालेले भनेको छ ।

अमेरिकाको वाशिङ्टन डीसीमा चान्सरी भवन, कर्मचारी अवास र राजदूतको निवाससमेत तीन भवन रहेका छन् । सोमध्ये ०.९३ एकड अर्थात ४० हजार ७२६ वर्गफिट क्षेत्रफल भएको राजदूत निवास रहेको जग्गामा तीन तले भवनको पछाडिपट्टी करिव ३० हजार वर्गफिट जग्गाको उपयोग हुन सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • धादिङका चार पत्रकार सम्मानित

    धादिङका चार पत्रकार सम्मानित

  • प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

    प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

  • समाचार
    नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङका चार पत्रकार सम्मानित

    धादिङका चार पत्रकार सम्मानित

    प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

    प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0