Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान

नीलकण्ठ एफ.एम ३४०७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (४ साल अघि)
एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान

काठमाडौँ ,१९ असार ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपे्रशन बेस) अनुरुप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् ।

काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरको थियो । आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने प्राधिकरणको निर्णयबमोजिम अन्य एयरलाइन्सले काठमाडौँ बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् ।

आन्तरिक उडानमा नौ वायुसेवा कम्पनीका  ५२ विमान छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ चाप बढेर उडान सुरक्षामा चुनौती थपिएको भन्दै विमानस्थल कार्यालयले एयरलाइन्सलाई बेसअनुरुप नै उडान सञ्चालन गर्न पटकपटक आग्रह गर्दै आएको थियो । प्राधिकरणको बैठकले वायुसेवा कम्पनीले यही असार १३ देखि तोकिएको बेस विमानस्थलमा राति पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले आवश्यक सहजीकरण गरिदिएका कारण एयरलाइन्सले बेसअनुरुप नै काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेको नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराजशर्मा कँडेलले बताए । उनले भने, “प्राधिकरणले काठमाडौँ बाहिरका गन्तव्यमा पार्किङका  लागि सहजीकरण गरेपछि अहिले सबैजसो विमानले बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् । प्राधिकरणको निर्णय ९० प्रतिशत कार्यान्वयनमा आइसकेको छ ।”

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ११ वटा विमानलाई पार्किङ क्षमता छ । तेत्तीस विमानले  रात्रिकालीन बेसअनुरुप उडान गर्नुपर्ने हुन्छ । यसअघि आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको थियो । हाल आन्तरिकतर्फ ११ वटा हेलिकप्टर कम्पनीका ३८  हेलिकप्टर  छन् । सङ्घका प्रवक्ता शर्माका अनुसार काठमाडौँ विमानस्थलमा २१ वटा हेलिकप्टरलाई  पार्किङको व्यवस्था भएको र बाँकी हेलिकप्टरका लागि भक्तपुरको  नलिनचोकमा व्यवस्था गरिने भएको छ । हेलिकप्टरले पनि रात्रिकालीन बेसअनुरुप उडान सञ्चालन गरिरहेका छन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आन्तरिक एयरलाइन्सले रात्रि बेसअनुरुप काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान गरिरहेको जानकारी दिए । उनका अनुसार असार १३ गते सम्बन्धित गन्तव्यमा रात्रिकालीन पार्किङ गरेका विमानले असार १४ गतेदेखि काठमाडौँका लागि उडान सुरु गरेका थिए ।

प्रवक्ता निरौलाले काठमाडौँ विमानस्थलमा विमानको पार्किङ क्षमताबारेमा पुनःअध्ययन गरेर आवश्यक व्यवस्था गरिने बताए । “एयरलाइन्सको आग्रहबमोजिम हाल १७ वटा विमान पार्किङ गर्ने स्थानमा थपेर २२ वटासम्म विमान पार्किङ गर्न सकिन्छ कि भनेर विमानस्थलको प्राविधिक टोलीले नाप जाँच गरेर सम्भाव्यताअनुरुप विमान पार्किङ गरिने छ”, उनले भने ।

कति विमानले रात्रि बेस उडान गरिरहेका छन् ?

निजी क्षेत्रको अग्रणी हवाइसेवा प्रदायक बुद्ध एयरले हाल भैरहवामा दुई, धनगढीमा एक तथा जनकपुर र भद्रपुरमा समान एक विमानले रात्रि पार्किङ गरी उतैबाट काठमाडौँ पहिलो उडान भर्दै आएका छन् । कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले रात्रि बेसअनुरुप उडान सञ्चालन गरिरहेको बताए । उनका अनुसार कतिपय जहाज मर्मत गर्नुपर्ने भएकाले केही  ह्याङ्गरमा र बाँकी पार्किङमै बस्ने गरेका छन् । बुद्ध एयरसँग १४ थान एटिआर र दुई बिजक्राफ्टसहित कूल १६ विमान छन् ।

यती एयरलाइन्सले विराटनगर र नेपालगञ्जमा समान एक जहाज रात्रि पार्किङ गरिरहेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कम्पनीसँग रहेको पाँच थान एटिआर–७२ विमानमध्ये दुई वटा काठमाडौँ बाहिर पार्किङ भइरहेको छ भने दुई वटा पार्किङमा र एक विमान ह्याङ्गरमा रात्रि व्यवस्थापन गरिँदै आइएको छ । श्री एयरलाइन्सले विराटनगर, भैरहवा र नेपालगञ्जमा गरी कूल तीन जहाज रात्रि पार्किङ गरिरहेको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । बाँकी विमान काठमाडौँमै बस्छन् । कम्पनीसँग जम्मा आठ जहाज रहे पनि पाँच वटा मात्रै उडानमा छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाइसुरक्षा सुदृढीकरणका लागि प्राधिकरण सञ्चालक समितिको गत असार ५ गतेको बैठकले निर्णय गरेअनुरुप हेलिकप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएकालाई बेसमै जान निर्देशन दिएको थियो ।  जसअनुसार विमान कम्पनीले काठमाडौँबाहेक अनुमति लिएका विमानस्थलमा रात्रि पार्किङ गरेका हुन् ।

साथै हेलिकप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्याङ्गर निर्माण सुरु हुने भएकाले साइट क्लिएर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ । काठमाडौँ बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन पार्किङ गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । त्यसका लागि रु ५० करोड खर्च भएको र आवश्यक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराएको जनाइएको छ ।

त्रिअविमा रहेको आन्तरिक वायुसेवा कम्पनीका अप्रेशन बेस उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रयोजनका लागि अध्ययन एवं सुझावका लागि गठित समितिको सुझावअनुसार प्राधिकरणले एयरलाइन्सलाई बेसअनुरुप उडान गर्न निर्देशन दिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

  • समाचार
    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0