धादिङ,१५ असार।
धादिङको गजुरी गाउँपालिकामा रहेको धादिङ वहुप्राविधिक शिक्षालयमा नेपाल विद्यार्थी संघ गठन गरिएको छ ।
बुधबार असल धामीको अध्यक्षतामा ११ सदस्यीय रहनेगरी नेपाल विद्यार्थी संघ बहुप्राविधिक शिक्षालय इकाइ गठन गरिएको काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले जानकारी दिनुभयो ।
जिल्ला सभापति अधिकारीले नवगठित इकाइका अध्यक्ष धामीलाइ नेविसंघको झण्डा र माइन्युट प्रदान गर्नुभएको थियो ।उक्त शिक्षालायमा देशका विभिन्न भूभागहरुबाट विद्यार्थीहरु पढ्न आउने र उनीहरुको हक अधिकार स्थापित गराउन र शैक्षिक कार्यक्रमहरुलाइ थप गुणस्तरीय बनाउनको लागि इकाइ गठन गरिएको काँग्रेस धादिङका सभापति अधिकारीले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |